|

काठमाडौं : काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ सुरु भएको छ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा सहभागी डकुमेन्ट्री फिल्महरूको प्रदर्शन र समीक्षा हुनेछ। मंसिर  २९ गतेसम्म सञ्चालन किम्फले यस पटक सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ।

किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेको छ। यसमा छानिएका १० उत्कृष्ट चलचित्रहरूको प्रदर्शन गरिनेछ। महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन पनि हुने भएकोछ।

फिल्म फेस्टिवलको उद्घाटन सत्रमा बोल्दै हिमाल एशोसियसनका वसन्त थापाले २९ देश, ६६ चलचित्र प्रदर्शन हुने जानकारी दिए। फेस्टिवलमा  फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ।

किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए। प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ’आमा खान्डो’, गणेश पाण्डेयको ’हसबेन्ड’, निपिल शर्माको ’अतिसर्ग’, केदार श्रेष्ठको ’जुनुको जुत्ता’ लगायतका चलचित्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.