मन्दिर परिसरमा सवारी साधन पार्किङ गर्न निषेध

|

जनकपुरधाम : हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरको सौन्दर्यीकरणका लागि बृहत गुरुयोजना निर्माण र मन्दिर परिसारमा सवारी साधन पार्किङ निषेध गर्ने निर्णय सर्वपक्षीय बैठकले गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको विशेष सक्रियतामा जानकी मन्दिर प्राङ्गणमा सम्पन्न सर्वपक्षीय बैठकले जानकी मन्दिरको धार्मिक सांस्कृतिक महत्वलाई थप सशक्त बनाउन र धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले बृहत गुरुयोजना निर्माण गर्ने निर्णय गरेको हो। साथै मन्दिर परिसरमा सवारी साधान पार्किङ निषेध गर्ने निर्णयसमेत गरिएको छ।

जानकी मन्दिरमा जारी सौन्दर्यीकरणलाई तीन महिनाभित्र सम्पन्न गर्दै थप सौन्दर्यीकरणको लागि तेलहा मरहा, विवाह मण्डपसहितको बृहत गुरुयोजना निर्माण गर्ने र सोको लागि प्रदेश सरकार, जानकी मन्दिर, जनकपुर उपमहानगरपालिका र पुरातात्त्वविभागको संयुक्त प्राविधिक टोली निर्माण गरिने भएको छ। सो टोलीलाई आवश्यक परे भारतीय सांस्कृतिक प्राविधिकको समेत सहयोग लिन सक्ने निर्णय भएको छ।

बैठकमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा सवारी साधान पार्किङ पूर्णरूपले रोक्ने बताए। उनले जानकी मन्दिर परिसरको सुरक्षाको लागि यथाशिघ्र प्रहरी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्देशनसमेत दिए। सवारी साधन पार्किङले मन्दिरको सौन्दर्य बिगारेको उनको भनाइ छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको अध्यक्षतामा भएको उक्त बैठकमा प्रथम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेता राम चन्द्र मण्डल, जनकपुरधामका नगर प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.