|

वासिङ्गटन : अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सम्झौतामा बिहीबार सहमति भएको छ। यसले दुई देशबीच पछिल्लो १७ महिनादेखि चलेको व्यापार यु्द्ध तत्काललाई थामिएको छ। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको यो सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्। सम्झौताको शर्तमा १६० अर्ब डलरको चिनियाँ सामानमा १५ डिसेम्बरदेखि लाग्ने भनिएको अमेरिकी कर (आयात शुल्क) टरेको छ। 

समाचार अनुसार अमेरिकाले घरेलु विद्युतीय सामाग्री र खेलौनामा अतिरिक्त कर थोपर्न लागेको थियो। यो सहमतिपछि चीनबाट पहिलेबाटै आइरहेका सामानमा लगाइएको अतरिक्त शुल्कमा ५० प्रतिशत कटौती गरिएको छ। सहमति अनुसार चीनले सन् २०२० मा अमेरिकाबाट ५० अर्ब अमेरिकी डलरको कृषि उत्पादन र अन्य वस्तु किन्ने भएको छ। 

अमेरिका निर्यात ७२ प्रतिशत घट्यो

व्यापार सम्झौता भएपछि अमेरिकाको कृषि उत्पादन निर्यातमा बढावा मिल्नेछ। व्यापार युद्धका क्रममा चीनले अमेरिकाबाट कृषि उत्पादन किन्न बन्द गरेको थियो। अमेरिकी वाणिज्य विभागको आँकडा अनुसार गत सालमा अमेरिकी उत्पादनको निर्यात २५ अर्ब डलरबाट घटेर ७ अर्ब डलरमा सीमित भएको थियो।

पार युद्धले चीनको जिडिपी सबैभन्दा तल 

व्यापार युद्धका कारण दुवै देशको अर्थव्यवस्थामा ठूलो असर भइरहेको थियो। सेप्टेम्बरको त्रैमासिक प्रतिवेदनमा चीनको कुल ग्राहस्थ उत्पादन घटेर २ प्रतिशतमा खुम्चिएको थियो।

पछिल्लो साल सेप्टेम्बरको त्रैमासिक रिपोर्टमा यो ३ प्रतिशत थियो। इस साल सेप्टेम्बर त्रैमासमामा चीनको आर्थिक वृद्धिदर  ६ प्रतिशत रहेको छ। यो २७ वर्षमा सबैभन्दा कम हो। 

इन्टरनेशनल मोनेटरी फन्डको अनुमान अनुसार कर युद्धका कारण अमेरिकाको वृद्धदर ०.६% र चीनको वृद्धिदरमा २ प्रतिशत गिरावट आएको थियो।

२.५ अर्ब डलर जोगिने आशा

बितेका १७ महिनामा दुवै देशले कयौँ पटक एकदोस्रोविरुद्ध आयात शुल्क बढाए भने नयाँ शुल्क पनि लगाए। पछिल्ला केही महिनाको आँकडा अनुसार चिनियाँ उत्पादनको आयातका क्रममा अमेरिकी कम्पनीले सरकारलाई हरेक महिना ५ अर्ब डलर आयात शुल्क तिरिरहेका छन्। 

यो सम्झौतासँगैआयात शुल्कमा ५० प्रतिशत कटौती हुँदा ती कम्पनीहरुले हरेक महिना २.५ अर्ब डलर बचाउनेछन्।

सेय बाजारमा उछाल

विश्वका प्रमुख २ अर्थव्यवस्थाबीचको यो सम्झौताको समाचारले दुनियाँभरका सेयर बाजारमा उछाल आएको छ। अमेरिकी सेयर बजारको इन्डेक्स डाओ जोन्स बिहीवार को ०.७९ % र न्यास्डेक ०.७७ % बढ्दै बन्द भए।

यसले भारतसमेत अन्य बजारमा पनि राम्रो प्रभाव पारेको छ। व्यापार युद्धका कारण दुनियाँभरका सेयर बजारमा ठूलो घाटा भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.