|

काठमाडौं : धनुषामा शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । 

छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो। महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घरबाहिरको पोलमा राखिएको बम शुक्रबार राति सवा १२ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ। 

बम देखेर स्थानीयले नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी निरीक्षक दाहालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्ने वित्तिकै बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए।

प्रहरी निरीक्षक दाहाल घटना स्थलमा भएको ठाउँको भीड हटाउने क्रममा पुनः बम बिस्फोट हुँदा घाइते भएका थिए। उनको उपचारको क्रममा शनिबार बिहान करिब साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएकी अञ्जली, प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । अञ्जली र प्रकाश राजेशका छोराछोरी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.