|

काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ र  कलाकार दीपक क्षेत्रीलाई  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र विकास बोर्डको परिसरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

भट्टराईको  गत आइतबार राति निधन भएको थियो। क्षेत्रीको शनिबार निधन भएको थियो। चलचित्र विकास बोर्डको परिसरमा दुवैको शवलाई अन्तिम श्रद्धान्जली दिन राखिएको थियो।

यस्तै नेपाली कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला पनि बोर्डमा पुगेर कलाकारद्वयलाई  श्रद्धाञ्जली अर्पण गरे। बोर्ड परिसरमा  भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जलीका लागि निर्देशक, निर्माता, कलाकार, प्राविधिकहरु पुगेका थिए।  

केशव र दीपकलाई पशुपति आर्यघाटमा नै दुबैको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ।

तस्विर : राजु पौडेल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.