|

काठमाडौं : अखिल नेपाल फूटबल संघ एन्फाले क्लबमा भेटिएपछि कारवाही गरेका चार खेलाडीलाई राहत दिएको छ।

विश्वकप छनोट २०२२ अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो राति नाइट क्लबमा समय बिताएका स्ट्राइकर बिमल घर्तीमगर, अन्जन विष्टलाई ९० दिन तथा सन्तोष तामाङ र दिनेश राजवंशीलाई ४५ दिन निलम्बनमा राखिएको थियो।

उनीहरुको कारवाही अवधि अब २७ दिन घटाइएको छ। उनीहरुलाई प्रतिबन्ध अवधि डिसेम्बर १३ अर्थात् मंसिर २७ गतेदेखि तय गरिएको थियो।

खेलाडीहरुले गल्ती स्वीकारेपछि पनि अन्याय हुने गरी कारवाही गरिएको भन्दै दिएको लिखित अपिलमाथि सुनुवाई गर्दै एन्फा अनुशासन समितिले खेलाडीमाथि लगाएको निलम्बनको समय घटाएको छ।

नयाँ निर्णयपछि उनीहरुको निलम्बनको अवधि नोभेम्बर १६ अर्थात मंसिर ३० देखि नै गणना हुने भएको छ। एन्फाले खेलाडीहरुलाई तोकिएको जरिवाना भने यथावत राखिएको जनाएको छ। उनीहरुलाई ५० हजार जरिवाना तोकिएको छ।

कारवाहीमा परेका खेलाडीहरुले नेपालमै आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद साग गुमाएका थिए। उनीहरुले ए डिभिजन लिगका खेलहरु पनि खेल्न पाएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.