ऊर्जामा लगानी सम्भावना खोज्छौं

|

आगामी पुस ११ देखि सुरु हुने छैटौं बागलुङ महोत्सवको पूर्वसन्ध्यामा बागलुङ उद्योग वाणिज्य संघले लगानीको वातावरण बनाउन भन्दै लगानी बहस गर्दैछ। ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ, आर्थिक बहस’मा देशका सफल व्यवसायीको अनुभव जिल्ला तहका व्यवसायीले बटुल्न पाउनेछन्। यसले जिल्लामा लगानीको वातावरण बनाउन र लगानी भित्र्याउन सहयोग मिल्ने आयोजकले विश्वास लिएको छ।

संघीय सरकारले अघिल्लो वर्षको चैतमा गरेको यस्तै  कार्यक्रममार्फत १४ खर्बको लगानी प्रतिबद्धता आयो। करिब १५ परियोजनामा हस्ताक्षर भयो। तीमध्ये १ सय ६४ मेघावाटको कालीगण्डकी जलविद्युत् परियोजना पनि एक थियो। यसमा चीनको युनान सिन्ह्वा वाटर कम्पनीले लगानी गर्ने प्रतिबद्धता जनाएको हो। बागलुङ उद्योग वाणिज्य संघले बिहीबार आयोजना गर्ने बहसको ध्येय पनि केन्द्र सरकारसँग मेल खान्छ। सम्भावना बोकेका धेरै व्यावसायिक क्षेत्रका विषयमा बहस चल्ने यस्तो अवस्थामा यो कार्यक्रम किन तय गरियो? नाराअनुरूपको प्रतिफल दिन लगानी सम्मेलन सफल होला? यही विषयमा आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलसँग लगानी सम्मेलनमा केन्द्रित भएर थाहाकर्मी तारानाथ आचार्यले गरेको कुराकानी को सम्पादित अंश : 

लगानी सम्मेलन (आर्थिक बहस) केका लागि?

यसलाई हामी लगानी सम्मेलन भनेका छौँ। खासगरी बागलुङका लगानीको क्षेत्रका पहिचान गर्ने र ठूला लगानीकर्ताहरूलाई आर्कषित गर्ने हाम्रो ध्येय हो। बागलुङमा साना र ठूला लगानीकर्ता मिलेर काम गर्न के सम्भावना छ त्यसको विषयमा चर्चा गर्ने र ध्यानाकर्षण गर्ने। नीतिगत रूपमा लगानीको वातावरण बनाउन कसरी सकिन्छ भनेर स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउने हाम्रो कार्यक्रम छ।

आर्थिक बहसकै लागि लगानीका क्षेत्र केके हुन सक्छन भनेर केही तयारी छ?

बागलुङ जिल्लाको विभिन्‍न क्षेत्रलाई समेटेर हामीले कार्यपत्र (डकुमेण्ट्री) प्रस्तुत गर्छौं। त्यसको आधारमा रहेर तीन जना सफल व्यवसायीहरूले आफ्नो अनुभव राख्नु हुन्छ। साना व्यवसायी र लगानीकर्ताहरूले पनि आफ्नो धारणा त्यसमा राख्नुहुन्छ।

स–साना योजनामा हामी परम्परागतशैलीले लगानी गरेका छौँ। ती योजनाहरूमा नयाँ तरिकाले लगानी गर्नका लागि पनि यो बहसले सहयोग गर्छ। हामी साना व्यवसायीले लगानी गर्न नसक्ने ठूला योजनामा ठूला व्यवसायी लगानीकर्ताको ध्यानाकर्षण गर्ने हाम्रो उद्देश्य हो।

लगानी सम्मेलनको मुख्य उद्देश्य के हो?

नेपाल सरकारले बनाएका बागलुङभित्र पर्ने ठूला आयोजनाहरू जस्तो कालिगण्डकी बि, उत्तरगंगा जलाशययुक्त आयोजना लगायतका धेरै सम्भावना भएका आयोजनाहरूमा राज्यको ध्यान नपुगेको र ध्यान पुग्दा पनि राज्यको लगानीले मात्रै सम्भव नहुने क्षेत्रहरूमा निजी सरकारी साझेदारीमा केही गर्न सकिन्छ भनेर सम्भावना खोज्ने हाम्रो ध्येय हो।

स–साना योजनामा हामी परम्परागतशैलीले लगानी गरेका छौँ। ती योजनाहरूमा नयाँ तरिकाले लगानी गर्नका लागि पनि यो बहसले सहयोग गर्छ। हामी साना व्यवसायीले लगानी गर्न नसक्ने ठूला योजनामा ठूला व्यवसायी लगानीकर्ताको ध्यानाकर्षण गर्ने हाम्रो उद्देश्य हो। बागलुङबाट विभिन्‍न पेशा व्यवसायको शिलशिलमा बाहिर रहेका व्यवसायीको ध्यानाकर्षण गराउन र विदेशमा रहेका बागलुङका व्यवसायीलाई आफ्नै क्षेत्रमा लगानी गर्न पनि यो बहसमार्फत प्रेरित गर्ने हाम्रो लक्ष्य छ। बागलुङ व्यावसायिक गन्तव्य हो भन्ने सन्देश दिने मुख्य उद्देश्य हो।

यहाँहरूको बहसमा ऊर्जा बाहेकका कस्ता व्यावसायिक क्षेत्रको विषयमा बहस हुन्छ?

एउटा कुरा त हामीले यो बहसमा केवलकारको कुरा गर्छौं। धार्मिक पर्यटकीय गन्तव्यहरूमा केवल कार पुर्‍याउने कुरा हुन्छ। ठूला होटल रिसोर्टहरू सञ्चालनको लागि हामीले ठूला व्यवसायीको ध्यानाकर्षण गर्छौं। सपिङ महलहरूको विषयमा चर्चा गर्छौं। एउटा व्यवसायी वा पर्यटक यहाँ आउँदा उसले चाहेको कुरा खरिद गर्न पायो भने त्यो यहाँ भुल्छन्। त्यसका लागि पर्यटक वा व्यवसायीको लागि आवश्यक सबै कुरा हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

यसका लागि राज्यले नीतिगत सुधार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। नीजि क्षेत्रले लगानी गर्ने र यसलाई ब्रण्डिङ गर्ने काम गर्नुपर्ने हुन्छ। बागलुङ जिल्लाका चौतर्फी सम्भावना विषय खोजेर नै हामीले आर्थिक बहस गर्दैछौँ। बहसको शीर्षक हेर्दा ऊर्जासँग सम्बन्धित जस्तो छ।

ऊर्जाकै विषयमा मात्र चर्चा हुन्छ वा त्यसको अर्थ फरक छ? यो नारा उज्यालो भन्नाले बत्तीको उज्यालो मात्रै होइन। सबै हिसाबले जिल्ला उज्यालो हुनुपर्छ र बनाउनु पर्छ भनेर नारा तय गरिएको हो। यसमा धेरै सम्भावनाको खोजी र त्यस्ता परियोजनामा लगानीकर्ताको घोषणाको सम्भावना पनि रहेको छ जसका लागि हामी आन्तरिक तयारीमा छौँ।

आर्थिक बहसमार्फत लगानी प्रतिवद्धताको आशा पनि गर्नु भएको होला?

हामीले ढोरपान क्षेत्रमा पर्यकीय क्षेत्र विकासको लागि के गर्न सकिन्छ भनेर डिपिआर बनाउनका लागि लगानीको घोषणा हुन सक्छ। भैरवस्थान भकुण्डेको विकासको कुरा छ। अहिले सम्भाव्यता अध्ययन नगरी  र लगानी सम्भव छैन्। अहिले हामीले यो ठाउँमा यो चिज छ र त्यहाँ कस्तो हिसाबले लगानी गर्न सकिन्छ भनेर खोज्दैछौँ।

प्राविधिक हिसाबले सरकारी र व्यवसायीले अध्ययन गरीसकेपछि तब लगानीको वातावरण बन्छ। नेपालमा सबैभन्दा ठूलो समस्या जग्गाको छ। राज्यको जग्गा छैन्। व्यक्तिको जग्गा ठूला योजनालाई लिन गाह्रो छ। नीतिगत रूपमा सुधार गरेर ठूला आयोजना बनाउँदा जग्गाको समस्या नहोस् भनेर गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीलाई हामीले यो सम्मेलनमा प्रमुख अतिथी बनाउँदै छौँ। नीतिगत सुधार र व्यवसायीको इच्छा शक्ति बढाउन सकियो भने लगानीको प्रतिबद्धता आउँछ।

सहभागिताको हिसाबले कस्ता-कस्ता व्यवसायी सहभागि हुँदै हुनुहुन्छ?

हामीले स्थानीय व्यवसायीहरूमा विभिन्‍न क्षेत्रगत हिसाबले निमन्त्रण गरेका छौँ। जिल्लाका व्यवसायी साथीहरू, छिमेकी जिल्लाका उद्योग वाणिज्य संघमा रहनुभएका साथीहरू, विषयगत व्यवसायसँग जोडिएका साथीहरू। सञ्चारकर्मी साथीहरूको कार्यक्रममा सहभागीता रहने छ।

हामीसँग प्रमुख बक्ताको रूपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष हाम्रो जिल्लाका स्थानीय पनि हुनुहुन्छ चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपर मार्केटका अध्यक्ष एवं एमडी मिन बहादुर गुरुङलगायत प्रमुख वक्ता रहनुहुनेछ। प्रभु बैंकका सीईओ हाम्रै बागलुङको हुनुहुन्छ। अशोक शेरचन उहाँले कार्यक्रमको सहजीकरण गर्नुहुने छ। त्यसमा अरू सहभागीहरू भवानी राणा केन्द्रीय अध्यक्ष, पूर्वअध्यक्ष, उपाध्यक्षलगायतका ठूला व्यवसायीको पनि कार्यक्रममा सहभागिता रहने छ।

सम्भावनाका हिसाबले बागलुङ धार्मिक पयर्टनमा उर्वर हो भनिन्छ। के छ यहाँहरूको सूचीमा यो विषयमा समावेश भयो कि भएको छैन?

मैले अघि नै उद्घोष गरिसकेँ। हामीले क्षेत्रगत हिसाबले धार्मिक पर्यननका क्षेत्रमा लगानी बढाउनका लागि जस्तो केवलकारको विकास गर्न सक्छौं। जुन व्यवसायसँग जोडिन्छ। पर्यटकीय हिसाबले सम्भावना भएका सबै क्षेत्रको विषयमा बहसमा छलफल हुन्छ।

यो बहस आन्तरिक लगानीमा केन्द्रित हुन्छ वा बाह्य लगानी भित्र्याउनमा केन्द्रित हुन्छ?

दुवै हुन्छ। हामी साना लगानीकर्ताहरू, हामीसँग थोरै थोरै लगानी गर्ने रकम भएर पनि रचनात्मक काम गर्न पाएका छैनौँ। त्यो तरिका नभएर पनि हुन सक्छ। बहसमा आइडिया सेयर हुन्छ। अहिले कर्पोरेट बिजनेज भन्ने छ। जुन संयुक्त रूपमा लागनी गरेर व्यवसाय गर्ने त्यसका लागि पनि सहयोग पुग्छ।

गैरआवासीय नेपाली र बैदेशीक रेमिट्यान्सलाई लगानीसँग जोड्ने सम्भावना के छ?

हामीले सम्भावना बाहिर ल्याइदिएपछि विदेशमा रहेका नेपालीलाई लगानी गर्न प्रसस्त बाटो खुल्ने छ। मुख्य कुरा त नीतिगत सुधार आवश्यक छ। जस्तो हाम्रो बागलुङबा जापानमा रहेका युवाले थामानेटामा रिसोर्ट खोल्न जग्गा लिन खोज्नुभएको छ तर अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन्। मुख्यत हामीले सम्भावना देखाउँछौँ बाहिरको लगानी भित्राउनका लागि राज्यले वातावरण बनाउनु पर्छ।

अहिले नीतिगत कुरा स्थानीय सरकारले पनि गर्न सक्छन्। जस्तो पूर्वाधार निर्माण, नीतिगत सुधार आदिमा सहयोग गर्न सक्छन्। स्थानीय र केन्द्र सरकारको मध्य भागमा रहेर मध्यस्थताको काम प्रदेश सरकारले गर्न सक्ने भएकाले बहसमा प्रदेश सरकारको उपस्थिती महत्वपूर्ण हुन्छ।

यस्ता सम्मेलनमा गरिने प्रतिद्धता घोषणामै सीमित भएका छन्? तपाईंको हकमा यो नहोला कसरी भन्ने?

हाम्ले विषेश परियोजनाबारेमा प्रस्ताव गरेका छौँ। घोषणालाई कार्यान्वयन गराउनका लागि हामीले स्थानीय पालिकाहरूसँग सहकार्य गरेर, हाम्रो इकाई नै स्थापना गरेर कार्यान्वयनका लागि पहल थाल्छौं। महत्वपुर्ण विषयलाई हामी यसै छो्दैनौं।

कयौँ चुनौतीबीचमा सम्मेलनले सोचे अनुरुपको प्रतिफल देला?

ठूला योजना बागलुङमा भित्रिएका छैनन्। सरकारले दिएका कतिपय योजनामा पनि झिनामसिना कुराले अल्झिएको अवस्थामा छन्। म बागलुङबासीलाई के आग्रह गर्न चाहन्छु भने जिल्लामा बन्ने ठूला योजनाहरूले हामीलाई ठुलो अवसर दिएको हुन्छ। सानामसिना कुरामा अल्झिँदा योजनाहरूमा समस्या पैदा हुन्छ। योजना बन्दा रोजगारीको सिर्जनादेखि हरेक क्षेत्रबाट आर्थिक प्रगतिको बाटो खुल्छ। समुदाय सकरात्मक सोचले लाग्ने हो भने चुनौती छैनन्। पूर्वाधारको विकासमा कुनै समस्या छैनन्। पूर्वाधार छन्। यसमा प्रदेशको काम पनि सकरात्म देखिन्छ।

साना र ठूला व्यवसायीको समन्वय र लगानीमा सझेदारी कस्तो छ?

यहाँका साना व्यवसायीमा नयाँ सुरुवात गर्ने चाहना हुने तर आर्थिक हिसाबले वा भनौ लगानी गर्ने हिसाबले ठूलो स्रोत नहुने समस्या छ। ठूला व्यवसायी र साना व्यवसायीको साझेदारी तीन तहका सरकारसँगको सहकार्यको वातावरण निर्माण गर्नकै लागि हामी यो सम्मेलनको आयोजना गरेका हौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.