दैलेख : दैलेखको पश्चिम भेग हुँदै बग्ने कर्णाली नदी दैलेख र अछामको सिमाना हो। यस नदी चर्चित पर्यटकीय क्षेत्र रारा ताल जाने पर्यटकका लागि दोस्रो गन्तव्यको रुपमा विकसित हुँदै गएको छ।
कर्णाली नदीमा र्याफ्टिङको पनि उतिकै सम्भावना छ। नदीले बनाएका नदी किनारका फाँटहरु पनि कम आकर्षक छैनन्। आठबिस नगरपालिकामा पर्ने कर्णाली नदीलगायतका कयौं पर्यटकीय स्थलहरू भए पनि ती क्षेत्रको प्रचारप्रसारमा ध्यान नपुग्दा पर्यटक आगमन कमै छ।
मध्यपहाडी राजमार्गसँग जोडिएका ठाउँमध्ये दैलेखको राकम कर्णालीमा नयाँ सहर निर्माणको काम अगाडि बढेको छ। पर्यटकीय सम्भावनायुक्त माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण प्रक्रियामा अगाडि बढेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।