|

सुर्खेत : देशको राजधानी काठमाडौंसँग हवाई मार्गबाट कर्णाली प्रदेशको राजधानी जोड्ने सुर्खेतको विमानस्थल जोखिमपूर्ण रहेको देखिएको छ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको एकमात्र विमानस्थल जोखिमयुक्त विमानस्थलभित्र पर्ने नागरिक उड्डयन प्राधिकरणका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। नेपाल नगारिक उड्डयन प्राधिकरणले आयोजना गरेको आफ्नो स्थापनाको २१ औं बार्षिक उत्सव कार्यक्रममा पन्थीले यस्तो जनाकाारी दिएका हुन्।

प्रमुख पन्थीका अनुसार कर्णाली प्रदेशको सुर्खेत विमानस्थल हवाइ उडानका लागि मापदण्ड पूरा गर्न नगरेको विमानस्थलको रुपमा रहेको छ। उनले भने, 'अहिले ठूला विमानको लागि जसरी सुर्खेतको विमानस्थल संचालनमा आएको छ। त्यो कुनै मापदण्ड अनुसार संचालन  भएको छैन।'  अहिले सुर्खेत विमानस्थलमा सूर्य अस्ताएपछि उडान गर्न मिल्दैन। प्रमुख पन्थीले यस्तो अवस्था अन्त्यका लागि कर्णाली सरकारलाई घच्घच्याउनका लागि सबैमा अनुरोध गरेका छन्। 

नेपालको परिवेशमा कर्णाली विमानस्थलको अवस्था, भविश्य र चुनौतीका बारेमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख पन्थीले अरु प्रदेशको भन्दा जोखिममा कर्णाली प्रदेशको विमानस्थल रहेको बताए। कर्णालीमा अब सबैले कस्तो विमानस्थल बनाउने भन्नेबारे छलफल गर्न आवाश्यक रहेको उनको भनाई छ। उनले कर्णालीमा पनि अरु प्रदेशको जस्तै हवाइ विमानस्थल निर्माणको लागि सबैले पहल गर्न आवश्यक रहेको बताए।

कर्णालीमा अहिले ठूला साना गरेर सबै ८ वटा विमानस्थल संचालनमा छन्। उनले प्रतिवेदन प्रस्तुत गर्दै कर्णालीका मान्छेले राति उडानको माग गरेका छैनन्। तर विमानस्थल विस्तारको माग गरेका छन्।

राति उडानका लागि र कर्णाली प्रदेशमा हवाइ विमानस्थल बनाउन अध्ययनको लागि १५ लाख मात्रै भए पनि पुग्ने भन्दै प्रमुख पन्थीले त्यो पनि सरकारले गर्न नसेको गुनासो गरे। उनले यसभन्दा अगाडि आफूलाई विमानस्थलको बारेमा के कस्तो योजना र काम भएको छ त्यो कुनै पनि जानकारी नभएको बताए।

सडक विभागको चिठी

सडक डिभिजन कार्यालय सुर्खेतले ९ मिटर जग्गामा विमानस्थलले जाली हालेको भनेर आफ्नो जग्गा खाली गर्नको लागि नेपाल नगारिक उड्डयन प्राधिकरण सुर्खेतलाई चिठी लेखेको छ। प्रमुख पन्थीका अनुसार त्यो चिठी भने आफूले केन्द्रमा नै पठाइसकेको छ। 'अहिले पनि विमानस्थलको जमिन हामीलाई पर्याप्त छैन' पन्थीले भने, 'त्यहीमाथि सडक बिभागले ९ मिटर जमिन आफ्नो एरियामा परेको भनेर चिठी दिएको छ। अब यो ९ मिटर जग्गा सडक बिभागले लियो भने हामी यहाँबाट विमान उडाउन सक्ने अवस्थामा छैनौं। सबै उडानहरू रोक्ने अवस्था आउछ।’

कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले विमानस्थलमा सरसफाई हुनुपर्ने अन्यथा चराबाट  विमानलाई जोखिम रहेको सुझाव दिए। कार्यक्रममा काक्रेविहार सुरक्षा गार्डका कर्मचारी गोपाल विसीलाई नगद रकमसहित कदर पत्र प्रदान गरिएको थियो।  

प्रदेश सरकारको कार्यक्षत्र होइन  

कणाली प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले विमानस्थल संघीय सरकारको मातहतमा भएको हुनाले आफ्नो मन्त्रालयले कुनै पनि काम गर्न नमिल्ने बताए। उनले अघिल्लो साल सामान्य केही सम्झौता भएको भन्दै संघीय सरकारले हेर्ने काम भएकोले ठूलो बजेट प्रदेशबाट हाल्न नमिल्ले बताए।

‘ज्येष्ठ नागरिकको लागि ५० प्रतिशत छुट गर्ने विषयमा हामीले सम्झौता गरेका थियौं। हामीले उहाँहरूसँग त्यसबाहेक अरु केही पनि सम्झौता गरेका छैनौं’ सूचना अधिकारी रोकायाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.