नेपाली खेलाडीले पाएनन् अवसर

|

काठमाडौं/इलाम :  पाकिस्तानी क्रिकेट बोर्डले विदेशी टोलीलाई आफनो देशमा खेल्न सुरक्षित छ भनेर विश्वस्त गराउनको लागि पाकिस्तान सुपर लिग (पीएसएल) को सबै खेल घरेलु भूमिमा खेलाउने भएको छ।

पाँचौँ संस्करणको सबै खेल पाकिस्तानको चार ठूला शहरहरूमा आयोजना गरिने भएको हो। पिसिबीले कराँची, लाहोर, रावलपिन्डी र मुलतानमा आगामी फ्रेव्रअरी २० देखी पिएसएलको ३४ खेल आयोजना गर्नेछ मार्च २२ सम्म प्रतियोगिता चल्नेछ। सन २०१६ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करणका २४ खेल युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न भयो। त्यसपछिका प्रतियोगिताका केही खेलहरु पाकिस्तान भए। बाँकी खेलहरु युएईमा नै गरियो।

सन २०१७ मा पिसिबीले लाहोरको गदाफी स्टेडीयममा पेशेवर जलामी र क्वेटा ग्लाडिएर्टसबिच फाइनल खेलाएको थियो। सन २०१८ को तेश्रो संस्करणमा एलिमिनेटरको २ वटै खेल गदाफी रंगशाला लाहोर र पेशेवर जलामी र इस्लामावाद युनाइटेडबीचको फाइनल खेल पिसिबीको स्वामित्वमा रहेको नेसनल स्टेडीयम कराँचीमा गरिएको थियो।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेसमेत सहभागी भएको गत संस्करणमा ८ खेल कराँचीमा आयोजना गरिएको थियो। जसमा समुह चरणका अन्तिम ३ खेल सहित प्लेअफका खेलहरु समावेश थिए। पहिलो पटक नेपाली खेलाडीको रुपमा सहभागी भएका सन्दिपले लाहोर कलन्दर्सबाट खेलेका थिए। कलन्दर्स पहिलो संस्करणबाटै समुहको अन्तिम स्थानबाट यात्रा समाप्त गर्दै आएको थियो।

सुरक्षित रहेको विश्वास दिलाउने कदम

पाकिस्तानले लामो समयदेखी आफनो देश सुरक्षित रहेको विश्वास दिलाउन खोजिरहेको थियो। सन २००९ पछि पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट हुन सकिरहेको थिएन्।

पाकिस्तानको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको ढोका त्यती बेला देखी बन्द थियो जुन समय श्रीलंकाली खेलाडी चढेको बस एम्बुस आक्रमणमा परेको थियो। आक्रमणमा आठ जनाले ज्यान गुमाउनुका साथै केही श्रीलंकाली खेलाडी र अफिसियल घाइते भएका थिए।

त्यसपछि आइसीसीले पाकिस्तानमा अन्तराष्ट्रिय खेल आयोजनामा प्रतिबन्ध लगाएको थियो। पछिल्लो केही बर्षपछि पाकिस्तानले जिम्बाबे, वेस्ट इन्डिज, विश्व एघार र श्रीलंकालाई सिमित अवधीको क्रिकेटको लागी आतिथ्यता प्रदान गरेको थियो। गत महिना मात्रै श्रीलंका विरुद्ध २ वटा टेस्ट सिरिज रावलपिन्डी र कराँचीमा सफलतापुर्वक सम्पन्न गरेको थियो।

‘टेस्ट क्रिकेटलाई पाकिस्तानमा फिर्ता ल्याएपछि सम्पुर्ण पाकिस्तान सुपर लिग आयोजना गर्नु हाम्रो ठुलो उपलब्धि हो।’ पिसिबीका अध्यक्ष एहसान मणीले एक विज्ञप्तीमा भने। ‘मलाई कुनै पनि शंका थिएन यो पाकिस्तानको लीग हो र यसलाई घरेलु दर्शकमाझ खेल्नुपर्छ।’

प्रतियोगिताको क्वेटा ग्लाडिएटर्स र इस्लामावाद युनाइटेडबीच उद्धघाटन सहित ९ वटा खेल कराँचीमा आयोजना हुनेछ। पाकिस्तानले १० वर्षपछि टेस्ट क्रिकेटमा फिर्ती पाएपछि पहिलो टेस्ट खेलेको भुमी रावलपिन्डीमा ८ वटा  र मुल्तानमा तीनबाट खेल हुनेछ। लाहोरमा १४ खेल हुनेछ।

३६ विदेशी खेलाडी खेल्दै, नेपाली खेलाडीले पाएनन् अवसर

घरेलु भुमीमा नै प्रतियोगिताको सबै खेल हुने पाँचौ संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टिमबाट ३६ विदेशी खेलाडीहरु समावेश हुने भएका छन्। जसमा इङल्यान्डका व्याट्समेन जेसन रोय, दक्षिण अफ्रिकी पेसबलर डेल स्टेन, वेस्ट इन्डिजका व्याटसमेन लिन्डे सिमोन समेत छन्।

पीएसएलका लागी २२ देशका ४२५ खेलाडीहरु ड्राफटमा परेका थिए। जसमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने, पुर्व कप्तान पारस खड्का, शरद भेष्वाकर, बिनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र आरिफ शेख थिए।

सन्दिप प्लाटिनम विधामा पर्दा अन्य ७ जना सिल्भर विधामा परेका थिए। तर अन्तिम समयमा नेपालका कोही पनि खेलाडीले विदेशी खेलाडीको कोटामा खेल्ने अवसर पाएनन्।

सन्दिपसँगै प्लाटिनम विधामा विश्व क्रिकेटका चर्चित हस्तीहरु इमरान ताहिर, डुएन बाभ्रो, मोइन अली, क्रिस लीन, डेल स्टेन, एन्जेलियो म्याथ्युज, कोलिन मुन्रो र सुनिल नारायण थिए। अघिल्लो संस्करण सन्दिपले खेलेको टिम लाहोर कलन्दर्सले प्लाटिनम विधाबाट क्रिस लीनलाई लिएको छ।

सन्दिप सन २०१९ को संस्करणको लाहोर टिमका सवैभन्दा बढी विकेट लिने खेलाडी समेत हुन्। उनले ७ खेलमा १८९ रन खर्चदै ११ विकेट लिए। सन्दिपले मुल्तान सुल्तान विरुद्ध पीएसएलकै डेव्यु खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर महत्वपूर्ण ३ विकेटसमेत लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.