|

धनकुटा : शुक्रबार बेलुकादेखि वर्षासँगै भएको बाक्लो हिमपातको कारण धनकुटाको सिधुवा बजारदेखि माथि चित्रे नुनथलासम्मको सडक अवरुद्ध भएको छ। सिधुवा बजारदेखि नुनथलासम्म सडकमा बाक्लो हिउँ जमेपछि सिधुवा हुँदै संखुवासभा, तेह्रथुम जिल्ला जाने आउने सयौँ सवारीसाधन रोकिएका छन्।

सवारी रोकिएपछि सयौं यात्रु बीचबाटोमा अलपत्र भएका छन्। सडक खुलाउनका लागि सशस्त्र प्रहरीको टोली ४० जना र नेपाली सेनाको ३५ जनाको टोली खटिएर काम गरिरहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले जानकारी दिए।

सडकमा भएको हिउँ पन्छाउनका सशस्त्र प्रहरीको नेतृत्व गरेर खटिएका सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म धनकुटाका प्रमुख डिएसपी सचिन कर्माचार्यले अब केही समयपछि सडक खुल्ने जानकारी दिए। अवरुद्ध सडक खुलाउन छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वुको नेतृत्वमा विपद व्यवस्थापन समितिकाको टोली पनि व्यवस्थापन सामाग्रीका साथ त्यहाँ पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.