|

मुगु : छायानाथ रारा नगरपालिका ६ कि स्थानीय कृषक काली सेजुवाल निकै खुसी देखिएकी थिइन्। किन भने उनले खेतवारीमा छरेको जौ गहुँ राम्रोसँग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा भएकाले उनी खुसी थिइन्।

कार्की जस्तै अहिले मुगु जिल्लालगायत कर्णालीका भरका कृषक खुसी छन्। किनभने अघिल्लो वर्ष भन्दा यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषक आशावादी छन्।

विशेष गरी अहिले खेतवारीमा लगाएको जौ, गहुँ बाली उम्रिने समय भएको र यहि वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ। 

अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौ, गहुँ राम्रैसँग उम्रिने, विशेष गरी उम्रेको बाली नष्ट गर्ने फट्याँग्रालगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाले जानकारी दिए। यो वेला भएको वर्षाले फागुन-चैत्रसम्म माटोको चिस्यान समेत कायमै राख्ने भएकाले पनि हिउँदे बाली तथा फलफूलको उत्पादन राम्रो हुने कृषि विकास कार्यालयले जनाएको छ।

हिमपातका कारण जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने मुगु, डोल्फु, चिताई लगायतका दर्जन बढी वस्ती प्रभावित बनेका छन् भने सदरमुकाममा समेत बढेको चिसोले जन जीवन प्रभावित बनेको छ। अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडि नै हिमपात सुरु भएको हो।

तीन दिनदेखि इन्टरनेट सेवा बन्द 

नेपाल टेलिकमको एडिसियल इन्टरनेट सेवा तीनदिनदेखि बन्द भएको छ।

बाक्लो हिमपातले जुम्लाको डाफेँ लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछि मुगुसहित साविको कर्णालीका जिल्लामा एडिसियल इन्टरनेट सेवा नमस्ते मोवाइल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुका निमत्त कार्यालय प्रमुख गणेश डिसीले जानकारी दिए। नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्। 

नाग्म गमगढी सडक अवरुद्ध

हिमपातले नाग्म गमगढी सडक बन्द भएको छ। अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको नाग्म गमगढी सडक पुन बन्द भएको छ। सडक बन्द हुँदा मुगु आउने माहलवाहक गाडी,यात्रु अलपत्र जुम्लाको गाठिज्युला भुलभुलेतिर अलपत्र परेका छन्। 

नाग्म गमगढी सडक बारम्बार अवरुद्ध हुने गरेको छ। हिउँद हिमपातले र वर्षाले सधै सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। यो सडक वर्षमा ६ महिना मात्र सञ्चालनमा आउने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.