फिचर

पूर्व-फुटबलर पुनले खोले अढाइ करोडमा 'चिल्डेन पार्क'

पुस १९, २०७६

    दाङ : दाङमा रहेको राप्ती शान्ति उद्यानभित्र दाङमा  पूर्व-राष्ट्रिय फुटबल खेलाडी तुलसीपुरका मंजित पुनले चिल्डेन सेभेन पार्क संचालन गरेका छन्। तुलसीपुर ७ राप्ती शान्ति उद्यानमा करिब १ वर्ष पहिले करिब २ बिगाह जमिन भाडाँमा लिएर संचालन गरेका हुन्।

    तीनपटकसम्म राष्ट्रिय खेल खेलिसकेका पुन अहिले दाङ जिल्लामा अखिल नेपाल फुटवल संघको तर्फबाट प्रशिक्षकको भूमिकामा छन्। खेलबाट जीवन चलाउन नसकिने भएकाले आफूले घर परिवारको सल्लाहअनुसार यो नयाँ व्यवसाय संचालन गरेको उनले बताए। मासिक २१ हजार बुझाउने गरी उद्यान समितिसँग १५ वर्षको सम्झौता  गरी करिब ५ करोडको गुरुयोजना बनाएर काम शुरु गरेको उनले बताए।

    अहिले  पार्कभित्र  बालबालिकाका लागि बाल उद्यान र सो बेबी रेल, पिङ, चिप्लेटी र स्विमिङ पुल, चमेना गृहलगायतका संरचना  निमार्ण भइसक्दा हालसम्म करिब साढे २ करोड लगानी लागेको पुनले बताए। अझै धेरै संरचनाहरू थप्‍न लागेको समेत उनले सुनाए। अहिलेसम्म आफूले मात्र लगानी गर्दै आएको उनको भनाइ छ।

    'म राष्ट्रिय खेलाडी हुँ,  मजस्ता धेरै खेलाडी अहिले पनि विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य भएका छन्' पुनले भने, 'यदि राज्यले खेलाडीलाई खेलबाट नै बाच्न सक्ने आधार बनाएको भए आज खेलाडी विदेश पलायन हुनु पर्ने अवस्था आउने थिएन।' उनले खेल खेलेर मात्र बाच्न नसकिने भएकाले आफू फरक व्यवसायमा लागेको समेत बताए।

    पार्कभित्र प्रवेश गर्दा २५ रुपैयाँ टिकट लाग्ने र पिङलगायत खेल्नको लागि थप शुल्क लाग्ने उनले बताए। पार्कमा दैनिक १/२ सय  जना आउने गरेको भएता पनि बिदाको दिनमा ५/७ हजार स्थानीय पर्यटक घुम्‍न आउने गरे उनले बताए।

    यता, तुलसीपुर उपमहानगरपालिकाले  शान्ति उद्यानलाई दाङकै पर्यटकिय स्थलका रु"पमा विकास गर्ने जनाएको छ। पछिल्लो समयमा पार्कमा विभिन्न संरचनाहरु निर्माण हुदाँ स्थानिय पर्यटकहरु आकर्षण भएको भन्दै उपमहानगरपालिकी उपप्रमुख माया आचार्यले उपमहानगरले भम्रण वर्षको अवसरमा घुम्‍न जाउँ तुलसीपुर भन्ने अभियान शुरु गरेको समेत बताइन्। 

    अहिले पार्कभित्र व्यक्तिले बनाएको चिल्डेन पार्कले अझ पर्यटक बढ्दै गएको भन्दै उनले अब हरेक क्षेत्रको विकासको लागि सरकार दायित्व मात्र नभई निजी क्षेत्र वा व्यक्तिको  पनि दायित्व हुनु पर्ने बताइन्। शान्ति पार्कभित्र व्यक्तिगत लगानीमा पुनले गरेका कामप्रति उनले प्रशंशा गर्दै सबैले यस्तो सोच बनाउन सकेपछि मात्र सम्बृद्धि हुने दाबी गरिन्।

    त्यसैगरी, राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीले अहिले पुनलाई करिब २ विगाह जग्गा भाडामा दिएको बताए। सबै तिर समितिले काम गर्ने नसक्ने र मेनपावर पनि धेरै लाग्ने भएकाले जग्गा भाडामा दिएको उनले बताए। व्यक्तिले लिएर काम गरे पनि उद्यानलाई नै फाइदा भएको उनले बताए।

    चिल्डेन पार्क संचालनमा आएपछि आन्तिरिक पर्यटकको भिडभाड हुने गरेको पनि उनले बताए।  'पुनसँग १५ वर्षको सम्झौता भएको छ', उनले भने, 'यदि उनले फेरी समयावधि बढाउन चाहे बढ्छ, नत्र ती सबै संरचनाहरु उद्यानलाई छोडेर जाने सम्झौता भएको छ।'

    पछिल्लो समय उद्यानमा केही सुधार आएको भए तापनि बजेट अभावले गर्दा काम हुन नसकेको बताए। करिब १५ विगाह क्षेत्रफलमा रहेको उनले बताए।

विकास डाँगी

डाँगी थाहा खबरका दाङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]