डढेलोपीडितलाई नेपालीकोतर्फबा २० हजार डलर

|

सिड्नी : अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ। त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियबाट भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याइने बताए। 

मन्त्री भट्टराईले गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको जानकारी दिए। उनले भ्रमण वर्षमा अस्ट्रेलियाबाट आउने पर्यटककको संख्या १ लाख पुग्ने अपेक्षा गरिएको बताए।

मंगलबार नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरिएको हो। कार्यक्रमको सुरूमा अस्ट्रेलियामा डढेलाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै मौनधारण गरिएको थियो।

शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गरे।

मन्त्री भट्टराईले अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे । मन्त्री भट्टराईले भने, ‘अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको गहिरो सहानुभूति छ । मलाई आशा छ, चाँडै नै अस्ट्रेलियाले यो पीडादायक अवस्थाबाट मुक्ति पाउनेछ ।’

कार्यक्रममा न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए। ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीको पनि साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिए ।  कार्यक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरे।

संसदमा कार्यक्रम

कार्यक्रमपछि अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदमा नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले आगलागीको कारण मृत्यु भएकाको परिवारमा समवेदना व्यक्त गरेका थिए ।

मन्त्री भट्टराईले  नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएको बताए।

उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाको लागि काम गरिरहेको बताए। पर्यटन पूर्वाधारको विकासको लागि गौतमवुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए । उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी दिए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालको लागि राम्रो भएको बताउँदै अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे।

नआरएनए अष्ट्रेलियाका अध्यक्ष कँडेलले अष्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए। उनले भने, ‘हामीले २० हजार डलर संकलन गरी हस्तान्तरण गरिसकेका छौं । फेरि ५ हजार डलर संकलन भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.