सार्वजनिक विदा नदिएकोमा आक्रोश

|

काठमाडौं : नेपालको एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा आइतबार देशको प्रमुख प्रशासनिक केन्द्र अगाडि कार्यक्रम गरिएको छ।

विभिन्‍न संघ संस्थाको आयोजनामा सिंहदरबारको पश्‍चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ।

त्यसक्रममा कार्यक्रमका सहभागीहरूले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको योगदानको खुलेर प्रशंसा गरे। उनीहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएर सरकारले पृथ्वीनारायण शाहको योगदानको अपमान गरेको गुनासो गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.