|

काठमाडाैं : नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीको अवसरमा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले कवितामार्फत पृथ्वीनारायण शाहलाई सम्झेका छन्। उनले लेखेको कवितामा  पृथ्वीनारायण शाह र इतिहासको सम्मान गर्नुपर्ने भाव देखिन्छ। 

यसअघि नेकपाका स्थायी कमिटीको बैठकमा रावलले कविता लेखेर बाचन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा धेरै कविहरू जन्मेको भनेर कटाक्ष गरेका थिए। 

डेर देश अखण्ड बनाइ नेपाली मनमा
जीवन अर्पण गरेर जाने यही प्यारो भूमिमा,
पृथ्वी तिम्रो अटल रहन्छ जमिन यहाँको
पानी नै पनि अमृत सरी रहन्छ जहाँको।

देशको माटो छोयर तिम्ले इतिहास बनायौँ
नेपाली धड्कन ढुकढुकी तिम्ले राम्ररी चलायौँ,
नेपाली झण्डा नेपाली गौरव झुकेन कहिले
श्रद्धा तिम्लाई दिँदैछु उच्च म यहाँ अहिले।

बिर्सन्छ जसले आमाको दूध, बिर्सन्छ आफैँलाई
त्यस्तालाई अधम भन्नेछ युगले सधैं नै धिक्कार्दै,
उठौँ न उठौँ नेपाली जुटाैँ पृथ्वी सम्झदै
उठाइ झण्डा गौरवका साथ अगाडि लम्कदै।

हेरन हिमाल चम्किन्छ जहाँ उचाइ लिएर
स्वाभिमान भन्ने के रहेछ भनी सन्देश दिएर,
यही नै शीरमा राखेर बढे पृथ्वी नेपालमा
श्रद्धा गरौँ सबैले उनलाई राखेर मन मनमा!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.