भन्छिन् : विगत सम्झिँदा गर्व र पछुतो दुवै लाग्छ

|

काठमाडौं :  'जनयुद्धमा लागेर मलाई गर्व महसुस हुन्छ। त्यो मुक्ति र समानताका लागि भएको क्रान्ति थियो। महिला, गरिब, दलित, भूमिहीन, सीमान्तकृतको हकका लागि हामी लड्यौं। तर ग्लानि पनि हुन्छ अहिले ।हामीले बन्दुक उठायौँ, बिसायौँ तर अहिले पनि धनी गरिबबीचको खाडल, असमानता, महिलामुक्तिका मुद्दा अलपत्र छन्। जसका लागि हामीले लड्यौँ उनीहरुले अझै न्याय पाएका छैनन्', यो आवाज हो जनयुद्धमा बन्दुक बोेकेर पनि किनारा लागेकी गायिका निर्मला घिसिङको।

जनयुद्धले आवाजविहीनहरूका लागि आवाज उठायो। ती मुद्दामा जनताको साथ र सहयोग पाउन उनीहरुलाई देखाएका सपना पूरा हुन नसक्दा युद्धमा लागेर शहीद, बेपत्ता र घरबारविहीन परिवारले के सोचिरहन्छन् होला भन्ने लागिरहन्छ उनलाई। घरी घरी क्रान्तिलाई अधुरै त विश्राम दिइएन? यस्ता प्रश्नले उनलाई चिमोटिरहन्छ। 

जनयुद्धको राप, ताप र चापको धङधङी बोकेर हिँड्न चाहन्नन् उनी। तर, कहिलेकाहीँ परिवर्तनको स्वर बोकेर हिँडेका ती कहालीलाग्दा समयले उनलाई आफ्नो अतीतिर फर्काएर चिमोटिरहन्छन्। 'मस्तिष्कबाट पुराना ती दिन विस्तारै धुमिल हुँदै गए। युद्धमा हिँडेका साथीहरू पनि किनारकृत भए। समस्या  जस्ताका त्यस्तै रहे। युद्ध त केवल सत्ता प्राप्तिबाहेक केही रहेन,' उनको मनले यही भन्छ। युद्धमा लाग्नुपूर्व रहेका समस्याहरू शान्ति पक्रिया हुँदै यहाँसम्म आइपुग्दा पनि सम्बोधन भएनन् भन्ने लाग्छ उनलाई।

हेपाइ र असमानताले युद्धमा

धनीले गरिबमाथि गर्ने हेपाहा व्यवहार, महिलामाथि भएको अपमान, जातीय असमानताले आक्रान्त थियो समाज। समाजका यी र यस्तै कुरीतिले उनलाई समयभन्दा अगाडि नै बुझ्ने बनायो। यो दलनले उनलाई कहीँँ न कहीँ नराम्रो झट्का दिने गर्थ्यो। यो असमानताको जड हटाउन जरुरी ठान्थिन् उनी। बोल्न सक्ने अवस्था थिएन। उनी भर्खर किशोरावस्थामा थिइन्।

असमानताविरुद्ध लाग्छु भन्ने ताप मनमा सल्किरहेका बेला केही मान्छे उनका गाउँ आए। समाजको कुरीति र विसंगति हटाउन जरुरी रहेको सुनाए। जुन कुरा आफ्नो मनमा लागेको छ त्यही कुरा नयाँ मान्छेले भनेपछि उनलाई आफ्ना मनको कुरा बुझ्ने मान्छे रहेछन् भन्ने लाग्यो। उनीहरूको आवाजले उनलाई तान्यो।  आफूभित्रको क्रान्ति सफल पार्न र समाजको अँधेरो हटाउन् जनयुद्धमा होमिइन्। ५९ असोज ७ गते अँधेरी रातमा उज्यालो भविष्य खोज्‍न उनी देशमा चलिरहेको जनयुद्धको मैदानमा हामफालिन्।

जनयुद्धको भूमिका

सरकार र तत्कालीन माओवादीबीच युद्ध उत्कर्षमा थियो। सरकारविरुद्ध माओवादी हतियार प्रयोग गर्थ्यो। जनताको विश्वास जित्न भने सांस्कृतिक आन्दोलन जारी राखेको थियो। जहाँ धेरै कलाकारहरूलाई प्रयोग गरियो। 

आन्दोलनमा लागेका कतिपय व्यक्तिहरू अशिक्षित हुँदाहुँदै पनि बौद्धिकता देखेर नपढे पनि  हुने रहेछ भन्ने लाग्थ्यो। युद्धमा लाग्दा उनले चिनियाँ क्रान्तिका किताब पढ्थिन्। जसले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने काम गर्‍यो।

त्यहाँ उनले सांस्कृतिक अभियानमा लागेर काम गरिन्। जनवादी गीत बोकेर उनी कहिले पहाड, कहिले तराई त कहिले सुदूरपूर्व  र सुदूरपश्चिम पुगिन्। हरेक दिन उदाउने सूर्यसँगै उनी अँध्यारा गल्लीहरूमा चेतनाका गीत बोकेर हिँडिन्।

माओवादीभित्र सामना  सांस्कृतिक टोली थियो। जुन केन्द्रीय टोली हो। जिल्ला सांस्कृतिक टोलीमा थिइन्। त्यसपछि क्षेत्रीय सांस्कृतिक टोलीको सदस्य भइन्। जुन बागमती नारायणी ब्युरो अन्तर्गतको टोली थियो। त्यसपछि उनी केन्द्रीय सांस्कृतिक टोलीमा पुगिन्। युद्धको चार वर्ष घिसिङले अनवरत गीत गाइरहिन्।

कलाकार किनाराकृत

देशमा जनआन्दोलन सुरु भयो। पहिलो संविधानसभाको चुनावले माओवादीलाई पहिलो पार्टी थियो। उसकै नेतृत्वमा सरकार बन्यो। तर, सरकारले कलाकारलाई किनाराकृत गर्दै गयो। सांस्कृतिक टोलीले दोस्रो संविधानसभाको चुनावसम्म आफ्नो व्यवस्थापन गर्छ भन्ने सोचिरह्यो। कलाकारहरूले जस्तो सरकारले केही गरेन।  त्यसपछि कुनै अधिकार प्राप्त नभएपछि धेरै कलाकारहरू किनारा लागे। तिनै किनारा लाग्नेमध्ये घिसिङ पनि एक हुन्।

'हामी देश र समाजका लागि आज पनि गाउन चाहन्थ्यौँ। तर, पार्टीले सत्ता प्राप्त गर्‍यो। सत्ताको  उन्माद यति चर्को भयो कि पार्टीले कलाकारलाई आवश्यक ठानेन,'उनी आँखामा देखिएको नैराश्यतालाई लुकाउने प्रयास गर्दै भन्छिन्, 'जनयुद्धको नेतृत्व गरेको पार्टीले पनि म जस्ता आन्दोलनका हिस्सालाई चिन्न छोडिकसकेको छ।'

'हामी देश र समाजका लागि आज पनि गाउन चाहन्थ्यौँ। तर, पार्टीले सत्ता प्राप्त गर्‍यो। सत्ताको  उन्माद यति चर्को भयो कि पार्टीले कलाकारलाई आवश्यक ठानेन,'उनी आँखामा देखिएको नैराश्यतालाई लुकाउने प्रयास गर्दै भन्छिन्, 'जनयुद्धको नेतृत्व गरेको पार्टीले पनि म जस्ता आन्दोलनका हिस्सालाई चिन्न छोडिकसकेको छ।'

जसले राजतन्त्रविरुद्ध गाउँगाउँमा गीतको माध्यमले जनतालाई चेतनाको विगुल फुक्यो। जसले निदाएका किञ्चित आँखामा सपना देख्नुपर्छ भन्ने सिकायो। ती सांस्कृतिक टोली आज अस्तित्वविहीन हुँदा पीडाको ज्वारभाटा निस्किने बताउँछिन् घिसिङ। 

तत्कालीन  सत्तामा मौलाएको कुरीति र विसंगतिविरुद्ध आवाज उठाउने पार्टीले आज आफ्ना कमजोरीविरुद्ध बोल्नेहरूलाई अंकुश लगाउँदै गएका छन्। गणतान्त्रिक मुलुकमा आफ्नो भजन गाएको मात्र सुन्न चाहने सत्ताले ती शहीद र बेपत्ता परिवारको अगाडि  कसरी मुख देखाउन सक्छन् होला? घिसिङ आश्चर्य मान्छिन्। 

पढाइमा निरन्तरता

जुन बेला उनी जनयुद्धमा लागिन्। त्यसबेला उनी कक्षा ८ पढ्थिन्। आन्दोलनमा लागेका कतिपय व्यक्तिहरू अशिक्षित हुँदाहुँदै पनि बौद्धिकता देखेर नपढे पनि  हुने रहेछ भन्ने लाग्थ्यो। युद्धमा लाग्दा उनले चिनियाँ क्रान्तिका किताब पढ्थिन्। जसले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने काम गर्‍यो।

क्रान्तिका किताब जति बुझ्नुपर्ने हो। त्यति बुझ्न नसकेको अनुभव पनि थियो। सर्टिफिकटभन्दा पनि आफ्नो क्वालिफिकेसनका लागि पढ्नुपर्छ भन्ने लागिरह्यो उनलाई। शान्ति प्रक्रियापछि युद्धमा लागेका व्यक्ति आफ्नाआफ्ना बाटो लागे। उनी पढाइमा लागिन्। चार वर्ष पहिले नै रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्‍नातक सकिसकेकी छिन्।

भ्वाइस नेपालको यात्रा

फरकफरक विधाका गीतहरू गाएको हिसाब गर्दा उनले २ सयभन्दा धेरै गीत गाइसकेकी छिन्। संगीतमा लागेर उनलाई केही पहिचान दिए पनि संघर्ष गरिरहेकी छिन्।

'पीडा के कुराले हुन्छ भने सपना देखाएर जो मान्छे मर्‍यो। उनीहरूको जीवनमा के समृद्धि आयो त? आज पनि गाँस बास कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगार, स्वतन्त्रताको भिख मागिरहनु परेको छ। उनीहरूको सपनामाथि लात हानिएको छ। राज्य सत्ता देश बनाउनतर्फ नलागेर व्यक्ति केन्द्रित भयो।'

'संगीतबाहेक आफूले जानेको पनि केही छैन। यसमा आफूले मिहिनेत गरिरहेको छु।'  बच्चामा सबैले उनको गायकीलाई मन पराउँथे। उनलाई भेट्ने हरेक व्यक्तिले उनको गीतको तारिफ गरिरहन्थे। उनीमा पनि सपना देख्न सुरु गरिन्। मकवानपुरको सानो गाउँबाट गायिकाको रूपमा उदाएर राष्ट्रियस्तरको गायिका बन्ने सपना देख्न थालिन् उनले। जिन्दगीमा उतारचढाव आयो। सपनाहरू विस्तारै हराएजस्तो महसुस भयो।

घरको कान्छी छोरी हुन्। काठमाडौंमा हुँदा आफूमा छुट्टै कन्फिडेन्स हुने बताउँछिन् उनी। 'यहाँको सुविधा र माहोलले संघर्ष गर्‍यो भने सफल भइन्छ भन्ने कन्फिडेन्स दिन्छ', उनी थप्छिन्।

जिन्दगी जिउने क्रम जारी छ। जनयुद्धमा विभिन्न स्थानमा समानता र हक अधिकारकमा बारेमा उनले गीत गाएको अनुभव थियो। युद्धमा लागेका कलाकारहरूलाई किनाराकृत भए। देश बनाउन लडेकाहरू गह्रुँगो मन बोकेर विदेश लागे। कोही आफ्नै पेशा व्यवसायमा लागे।

घिसिङ युद्धमा आफूले सिकेको गीतको बेसमा बसेर व्यावसायिक गीत गाउन लागिन्।  जिन्दगी भनेको सिकाइ हो। रियालिटी शो मा गायनको अनुभव लिने रहरले भ्वाइस अफ नेपालमा  पुगेको बताउँछिन् उनी। 'ठूलो महत्वाकांक्षा बोकेर म त्यहाँ पुगेको थिइनँ। जहाँ म नकआउट चरणमा पुगेँ। यो पनि मेरो सिकाइको एक पाटो रह्यो',  उनले थपिन्।

क्रान्तिको उपलब्धि

जनयुद्धले एउटा इतिहास बनाउन सफल भयो। कागजी रूपमा नै सही केही उदाहरणीय काम भए। महिलाहरू खुल्न सक्ने भए। निरकुंश राजतन्त्रको युग इतिहासमा रह्यो। गणतन्त्र स्थापना भयो। किसानको सन्तान सत्तामा पुग्न सक्ने अवसर प्राप्त भयो।

तर…

जनयुद्धमा विभिन्न स्थानमा समानता र हक अधिकारकमा बारेमा उनले गीत गाएको अनुभव थियो। युद्धमा लागेका कलाकारहरूलाई किनाराकृत भए। देश बनाउन लडेकाहरू गह्रुँगो मन बोकेर विदेश लागे। कोही आफ्नै पेशा व्यवसायमा लागे।

उपलब्धि हुनुपर्ने विषय भने यथावथ रहे। उनी केहीबेर मौन बसिन्, र अगाडि बढिन्।

'पीडा के कुराले हुन्छ भने सपना देखाएर जो मान्छे मर्‍यो। उनीहरूको जीवनमा के समृद्धि आयो त? आज पनि गाँस बास कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगार, स्वतन्त्रताको भिख मागिरहनु परेको छ। उनीहरूको सपनामाथि लात हानिएको छ। राज्य सत्ता देश बनाउनतर्फ नलागेर व्यक्ति केन्द्रित भयो।'

आफूले गाएका असमानता र कुरीतिविरुद्धका गीतहरूको अर्थ खोज्दै जाने हो भने  के समाज त्यस्तै बन्यो त? भन्ने कुराले आफ्नै मनले प्रश्न गर्छ घिसिङलाई। त्यसबेला उनीसँग भन्न लायक कुनै जवाफ हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.