काठमाडौं : सुदुरपश्चिमका गायक तिलकसिंह पेलाको 'निर्जन किनार' बोलको म्युजिक भिडियो बजारमा आएको छ।
राजधानीमा गत शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ संगीतकार धनबहादुर गोपाली र राजु सिंहलगायतको उपस्थितिमा लोकार्पण भएको हाे।
कृष्णसिंह पेलाको शब्द र रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको अभिनय रहेको छ। भिडियोलाई पराजन केसीले निर्देशन गरेका हुन्।
मुकेश हुमागाइँको छायाँकन रहेको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।