|

काठमाडौंः किरण डाँगी वीर अस्पताल अगाडि सदाझै एक सुरमा बाटो काटिरहेका थिए।

किरणलाई एक्कासी ट्राफिकले घेरिहाले बाटो 'किन काट्नु भएको यता एकछिन ट्राफिकको कुरा सुन्नुहोस्।' उनी एकछिन अलमल्ल परे। उनले भने,' गल्ती भएको हो। यो राम्रो कुरा हो पैदलायत्रुको तर्फबाट पनि धेरै दुर्घटना भएको छ।' अबदेखि जथाभावी बाटो नकाटने वाचासहित ट्राफिक नियन्त्रणबाट छुटकारा पाए।

सोमबार वीर अस्पताल र रणदीपचोक अगाडिबाट बाटो काटिरहेका पैदल यात्रुलाई नियन्त्रणमा लिएर दुई मिनेट सचेत गराएको हो। जेब्रा क्रसिङको प्रयोग नगरीबाटो काटेको र आकाशे पुलको प्रयोग नगरी जथाभावी बाटो बाटो क्रस गर्ने पैदल यात्रुलाई नियन्त्रणमा लिएको हो। पैदल यात्रुलाई नियन्त्रणमा लिएर जथाभावी बाटो सम्झाउँदै पठाएको थियो।

सचेतना कार्यक्रममा १ हजार भन्दा बढी पैदल यात्रुलाई नियन्त्रणमा लिएर सचेत गराएको ट्राफिक महाशाखाका प्रवक्तत जीवनकुमार श्रेष्ठले बताए। पैदलयात्रीले जथाभावी बाटो काटेको कारणले उपत्यकामा दुर्घटना बढेको श्रेष्ठले जानकारी दिए।

आर्थिक वर्ष २०७५/०७६ मा ९३ पैदल यात्रीको मृत्यु भएको उनले जानकारी दिए। उनले भने,' २० मिटरको दूरीमा रहेको आकाशे पुलको प्रयोग नगरी बीचबाट बाटो काटिरहेका छन्। यहाँ दुर्घटना भयो भने ट्राफिक प्रहरीको जीवन क्षति हुने होइन। पैदलयात्रीको जीवन क्षति हुन्छ।'

दुई मिनेट सचेतना कक्षा लिँदा समय पैदल यात्रुको समय खेर नजाने उनले प्रष्ट पारे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.