सबैभन्दा धेरै आरोही मनास्लुमा

|
फाइल फोटो

काठमाडौं : यस वर्षको हिउँदयाममा ५३५ जना नेपाली तथा विदेशी आरोहीहरुले नेपालका हिमालको सफल आरोहण गरेका छन्। हिउँदयाममा १०५५ जनाले विभिन्‍न ५३ हिमाल आरोहणको अनुमति लिएपनि जम्मा २५ हिमालको चुचुरोमा मात्र आरोहीहरु पुगेको पर्यटन विभागले जनाएको छ। अनुमति लिएकामध्ये ५३५ आरोहीले मात्रै सफल आरोहण गरेका छन्‌।

हिमाल आरोही र आरोहण दलका सहयोगी सदस्यहरु समेत गरेर ९५१ जनाले सफल आरोहण गरेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए। ‘५३ हिमालको अनुमति लिएर गएकोमा २५ हिमालमा मात्रै आरोहीले सफल आरोहण गरे,’ उनले भने, ‘१२१० जनाले अनुमति लिएपनि ५३५ जना मात्रै हिमालको चुचुरोमा पुग्न सफल भए।’ पर्यटन विभागका अनुसार विभिन्न २५ हिमालको चुचुरोमा विभिन्न देशका ४१७ जना पुरुष र ११८ जना महिलाले सफल आरोहण गरे। 

सबैभन्दा धेरै आरोही मनास्लुमा

यसपटकको हिउँदयाममा सबैभन्दा धेरैले गोरखाको मनास्लु हिमालको सफल आरोहण गरेका छन्। २६४ जना आरोहीले अनुमति लिएपनि ८१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा १८८ जना मात्रै पुग्‍न सफल भए। यो सिजनमा एकै हिमालमा सबैभन्दा धेरै आरोही गएको तथ्यांक हो।  त्यस्तै ६८१४ मिटर उचाइको आमादब्लम हिमाल ३४७ जनाले अनुमति लिएकामध्ये १८१ जनाले मात्रै सफल आरोहण गरे।

मनास्लु पछि सबैभन्दा धेरै आरोहीको रोजाइमा परेको यस हिमालमा आरोहीको साथमा १५९ जना सहयोगीहरुले पनि सफल आरोहण गरे। अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि ६४ देशका आरोहीले अनुमति लिएका थिए। ६४ मध्ये ५४ देशका आरोहीहरुले मात्रै सफल आरोहण गरे। 

अहिलेको सिजनमा हिम्लुङ ३५ जना आरोही र ३१ जना सहयोगी, थापा पिक ३३ जना आरोही, ११ जना सहयोगी र सरिबुङ ६ जना आरोही र २ जना सहयोगी, थोरङ पिकको लागि ३० जनाले अनुमति लिएपनि पाँच जना आरोही र तीन जना आरोहीले आरोहण सफल गरे। त्यस्तै पुथा हिउँचुलीको ३१ जनाले अनुमति लिएर २३ जनाले मात्रै आरोह गरे। धौलागिरी हिमालको लागि ३१ जनाले अनुमति लिएपनि ४ आरोही र ४ सहयोगीले मात्रै सफल आरोहण गरे। 

बरुत्से हिमालको लागि २७ जनाले अनुमति लिए यी मध्ये ८ जना आरोही र ६ जना सहयोगीले मात्रै आरोहण गरे। लुबुला हिमालको लागि १४ जनाले अनुमति लिएकोमा १० आरोही र ६ जना सहयोगीले आरोहण गरे। त्यस्तै गौगिरी, पाङपोचे, तेन्गीरागीताउ, नेमजुङ, चाम्लाङ, नोर्बुखाङ, होङ्दे, लिन्कुचुली, अर्डाङ, तेङ्कोमा, तिलिचो पिक, पाङपोचे–२, बीपीस्कट पिक, खाङतेगा, अमोस्लाङ र होङुु हिमालको पनि सफल आरोहण भएको हो। 

याममा ५३ हिमाल आरोहणमा गएका आरोहीबाट ६ करोड ५७ लाख ८३ हजार रुपैयाँ राजस्व सकंलन भएको पर्यटन विभागले जनाएको छ।  पर्यटन विभागले नयाँ सिजनको लागि पनि हिमाल आरोहीहरुले अनुमति लिनेक्रम जारी रहेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.