|

काठमाडौं : पर्यटकीय नगरी पोखरामा बिर्यानीका पारखीलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी हाउस खोलिएको छ। हल्ल्नचोकनजिकै लेकसाइडको १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको हो।

चिकेन, मटन र हाइद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सन्चालक र सेफहरूले पोखरामै उत्कृष्ट बिर्यानी पाइने दाबी पनि गरेका छन। युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले सन्चालनमा ल्याएको उक्त बिर्यानी एन्ड बर्गर हाउसमा बिर्यानी र बर्गरबाहेक अन्य इन्डियन, चाइनिज, कन्टिनेन्टल नेपाली परिकार पनि उपलब्ध रहेका छन्।

नेपाल भ्रमण बर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकलाई स्वस्थ्य र जिब्रो लोभ्याउने परिकार पस्किन उक्त रेस्टुरेन्ट तत्पर रहेको कुरा पनि संचालक ईश्वरले जानकारी गराए। बिर्यानीको लोकप्रियता बढेसँगै पोखरामा यस परिकारको राम्रो बजार रहेको संचालक बताउँछन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.