|

हेटौंडाः थारू समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाइँदै आएको छ। गत सालबाट हेटौंडामा प्रत्येक माघ १ गते थारू महोत्सव हुने गरेको छ।

बुधबार हेटौंडाको भुटनदेवी चौरमा थारू महोत्सव भव्यताको साथ भएको छ। २ हजार भन्दा बढीको उपस्थितिमा थारू महोत्सव भएको हो। महोत्सवमा विशेष गरी घुँगीको परिकार, माछाको अचार र रौतहट जिल्लाको हरफरौरी नृत्यले अवलोकनकर्तालाई आकर्षण गरेको थियो।  

हेटौंडा नगरपरिक्रममा गरेर भुटनदेवी उच्च माविको प्राङ्गणमा पुगेर महोत्सवको रुप लिएको थारू महोत्सवमा थारू विद्यार्थी संघ, थारु युवा, थारू महिलाले थारू परिकारको स्टल राखेका थिए। थारू महोत्सव देखेर विदेशी पर्यटकले स्टेज मै गएर नेपाली गीतमा लौरी डान्स गरेका थिए। 

थारू समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.