|

काठमाडौं : सवारी दुर्घटनामा परी युएईको अबुधाबीमा तीन जना नेपाली युवतीको मृत्यु भएको छ। 

हिजो २४ कामदार बोकेको मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने अन्य १९ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको थियो।  प्रहरीका अनुसार चालकको लापरबाहीले गर्दा दुर्घटना भएको जनाइएको छ। चालकले रोकीराखेको ट्रकमा बस ठोकेका थिए। 

उक्त बसमा नेपाली कामदार १८ जना र केही श्रीलंकन महिला कामदार रहेको नेपाली दुतावास युएईका कन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए। उनले उक्त घटनामा छ मध्ये तीन जना नेपाली रहेको समेत बताए।  उनका अनुसार मृत्यु हुनेमा  मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेका छन्। 

घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्। त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह,  ललितपुर चापागाँउकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा घाइते भएका छन्।

घाइतेहरुको युएईका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.