१४ जना घाइते

|

बारा : आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना बाराको निजगढ ३ सिगौंलकी अमिसा मोक्तान तामाङको मृत्यु भएको छ। तीन महिनाअघि नेपालबाट दुबई गएकी थिइन्। तीन वर्षदेखि दुबईमा रोजगारीका लागि बस्दै आएकी अमिसा यो वर्षको दशैं तिहार मनाउन फर्किएका थिइन्। 

उनका १२ वर्षीय छोरा हेमकुमार मोक्तान १५ वर्षीया छोरी उषा मोक्तान छन्। उनीहरूलाई दुर्घटना भएको बारेमा जानकारी दिए पनि मृत्यु भएको बारे जानकारी गराएको छैन। उनीहरू हजुरबुवा चेतबहादुरसँगै बस्दै आएका छन्।

अमिसाका पति गणेश मोक्तान पनि दुबईमै कार्यरत छन्। पत्नी दुर्घटनामा परेपछि गणेश अचेत भएको उनका मामा खड्गबहादुर लामाले जानकारी दिए। मृतकको शव अझै अस्पतालमा रहेको छ। स्थानीय समयअनुसार २ बजे अस्पतालमा शव हेर्नका लागि बोलाएको मृतकी आमाजु सुकुमाया मोक्तानलाई उदृत गर्दै निजगढ-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष खड्गबहादुर लामा जानकारी दिए।

एमबिएम कम्पनीमा कार्यरत उनी सरसफाइसम्बन्धी काम गर्न जाने क्रममा अल रहा भन्‍ने स्थानमा बिहीबार दुर्घटनामा परेकी थिइन्। चालकसहित २४ सवार मिनिबस गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना भएको थियो।

तीनजना नेपालीको मृत्यु

दुर्घटनामा तीन नेपालीको ज्यान गएको पुष्टि भएको छ। सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन्। दुर्घटनामा अमिसासँगै झापाकी कृष्णकुमारी अधिकारी र प्यूठानकी भावना कुँवर रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ। 

दुर्घटनामा १४ नेपाली घाइते भएका छन्। घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा छन्।

त्यस्तै, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन्।

सुजलाको नेपाल ठेगाना भने खुलेको छैन। मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन्। अन्य १३ जनाको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.