|

काठमाडौं : शनिबारदेखि मौसममा सुधार हुने भएको छ। बुधबार रातिबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारदेखि क्रमिक रूपमा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबारदेखि पहाड तथा तराईका थोरै स्थानमा हल्का वर्षा भए पनि अन्य स्थानमा भने मौसम सामान्य रहने विभागकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। यतिबेला देशभर सामान्यदेखि पूर्णतया बदली भई अधिकांश स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ। शुक्रबार राति पनि देशका धेरै स्थानमा हल्का वर्षा र थोरै स्थानमा मध्यम वर्षा हुनेछ। लगातारको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विराटनगरमा ६० मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ। त्यसपछि काठमाडौं उपत्यकामा ४८ मिलिमिटर पानी परेको छ। शुक्रबार देशभर सबैभन्दा चिसो जुम्लामा भएको छ। महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब ६ डिग्री सेल्सियस कायम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.