काठमाडौं : अन्नपूर्ण बेस क्याम्पमा पाँचजना बेपत्ता भएका छन्। बाक्लो हिमपात परेको बेस क्याम्पमा चारजना कोरियन पर्यटक र एकजना नेपाली हराएका हुन्।
अन्नपूर्ण गाउँपालिका-११ अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्प क्षेत्रको देउरालीबाट उनीहरू सम्पर्कविहीन भएको बताइएको छ।
चारजना एउटा टाेलीका अनि एकजना अर्काे टाेलीका गरी पाँच जना हराएका हुन्। हराइ रहेका एकजना सराेज परियार रहेको बुझिएको छ। उनी गाइडका रूपमा त्यहाँ गएका थिए।
उनीहरूको खोजीको लागि टान पश्चिमाञ्चलले ६ जना गाइडहरू पठाइसकेको अध्यक्ष हरि भूजेलले जानकारी दिए। उनका अनुसार बाक्लो हिमपातको कारण उनीहरूको खोजीमा थप समस्या भएको छ।
मौसम खराब भएपछि शुक्रबार उनीहरूको खोजीको पोखराबाट हेलिकोप्टर उड्न सकेन। शनिबार बिहानै हेलिकोप्टर पठाउने तयारी टानको छ। उनीहरू कुन कम्पनीबाट गएका हुन भन्ने खुल्न सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।