आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी

|

काठमाडौं :  द्वन्द्वकालीन मुद्दा टुंग्याउन सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी आयोगको ऐन संशोधन गर्न मुख्य दुई दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस सहमत भएका छन्।

 सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पदाधिकारी सिफारिस तथा ऐन संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकमा ऐन संशोधन गर्न दुई दल सहमत भएका हुन्।

विधेयक अपडेट गर्ने, कानुन मन्त्रालयले विधयेक प्रस्तुत गर्ने र यही अधिवेशनमा विधयेक पास गर्ने समझदारी गरिएको छ' नेकपा नेता खिमलाल देवकोटाले भने। 

१८ पुस २०७० मा सर्वोच्च अदालतले पीडितमैत्री हुने गरी र गम्भीर अपराधका मुद्दामा पीडकलाई छुट्न नदिने गरी ऐन संशाेधन गर्न परमादेश दिएको थियो।

 प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङ, नेकपा केन्द्रीय सदस्य देवकोटा, कांग्रेस नेताहरू डा मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

विधेयकका सम्बन्धमा कानुन मन्त्रालयले २८ पुसमा सबै प्रदेशमा द्वन्द्वपीडितसँग छलफल गरेको थियो। त्यसका लागि सत्तारूढ दलका दुई र प्रमुख प्रतिपक्ष दलका दुई नेता प्रतिनिधिका रूपमा खटिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.