मत दायाँबायाँ हुनसक्ने आशंका

|
फाइल फोटो

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश २ मा तालमेल गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्टिय जनता पार्टी राजपाले ह्‍विप जारी गर्ने भएका छन्। 

राष्ट्रियसभाको निर्वाचनमा मधेशकेन्द्रित दलसँग सत्तारूढ र प्रतिपक्षी दलले तालमेल गरेका छन्। राष्ट्रियसभाको निर्वाचानमा मधेशलाई केन्द्रका रूपमा हेरिएको छ। 
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीले तालमेल गरेका छन्। त्यसैगरी राष्ट्रियसभाकै लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल छ। 

दुई मधेशवादी दल फरक–फरक पार्टीबाट निर्वाचनमा उभिएपछि प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ। नेकपा–राजपा तालमेलले प्रदेश २ को सरकारसमेत परिवर्तन हुनसक्ने चर्चा चुलिएको थियो। 

राजपाले राष्ट्रियसभामा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक र अपांगताको तर्फबाट पनि पार्टीको वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उठाएको छ। नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलित समुहबाट राधेश्याम पासवानलाई उठाएको छ। 

सोही क्षेत्रमा प्रतिपक्षी दल र समाजवादी पार्टीबीचको पार्टी एकताको कारणले मत यताउता हुन सक्ने भएकाले नेकपा–राजपाले ह्‍विप जारी गर्न लागेको राजपाका संयोजक राजेन्द्र महतोले जानकारी दिए।

सो क्षेत्रमा कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार, रामपृत पासवान र अनिरुद्ध सिंह, समाजवादीबाट मृगेन्द्रसिंह यादव उम्मेदवार तय गरेको छ।  प्रदेश २ मा कुल मत ३ सय ७९ मतदाता रहेका छन्। नेकपाका १ सय १५ जना, कांग्रेसका १ सय जना, समाजवादीका ८२ जना, राजपाका ६९ जना मतदाता र अन्य १३ जना मतदाता रहेका छन्।

हालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग प्रमुख प्रतिपक्षी दलको चुनावी तालमेल भएको कारणले यस क्षेत्रमा मत दायाँबायाँ हुनसक्ने नेकपाको ठहर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.