|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमाल सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभरी दिनुभपर्ने बताएका छन्।

कञ्चनजंघा हिमाल सरसफाइ अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुरा आए पनि नेपालका हिमाल सुरक्षित रहेको बताए। नेपाली हिमाल सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ।

‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमाल सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडि बढाउनुपर्छ’, मन्त्री भट्टराईले भने।

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमाल महत्पूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाइ छ। अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भए पनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए।

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.