पत्रिकाले आलोचना गरेपछि मोदीद्वारा भेट्न इन्कार

|

एजेन्सी : अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको पत्रिका वासिङ्टन पोस्टले भारतस्थित नरेन्द्र मोदी सरकारका नीतिबारेमा निरन्तर प्रश्न उठाइरहेको छ। 

यही कारण भारत भ्रमणमा आएका बेजोसले भारतीय जनता पार्टीका नेताहरुको आलोचना खेप्नु पर्‍यो। भाजपाको विदेश मामिला हेर्दै आएका विजय चौथाईवाले र वासिङ्टन पोस्टका वरिष्ठ सम्पाद एली लोपेजबीच सामाजिक सञ्जालमा बसह नै चल्यो। 

चौथाईवालेले शुक्रवार ट्विटरमा लेखे, 'मिस्टर जेफ बेजोस वासिङ्टनमा आफ्ना कर्मचारीलाई सम्झाउनु, नत्र तिमीलाई रिझाउने गरिएको प्रयास, समय र पैसा बर्बाद गरे जस्तै हुनेछ।'

यसमा लोपेजले जवाफ फर्काए, 'पत्रिकाले के लेख्ने, के नलेख्ने कुरा बेजोसले बताउँदैनन्। स्वतन्त्र पत्रकारिता सरकारलाई रिझाउन गरिँदैन। हाम्रा पत्रकार र कोलमिस्टको काम भारतीय लोकतन्त्रको परम्परा अनुसार हुनेछ, यसमा प्रश्न उठाउन पाइँदैन।'

वासिङ्टन पोस्टको विवाद 

अमेजनका मालिक तथा सीईओ जेफ बेजोस हालै तीन दिने भारत भ्रमणमा आएका थिए। उनी आउनुअघि प्रधानमन्त्री नरेन्द्र मोदी र उद्योगमन्त्री पियुष गोयलसँग भेटवार्ता हुने अड्कल गरिएको थियो। 

तर गोयलले अमेजनको तर्फबाट भारतमा एक अर्ब डलर मात्रै लगानी गरिएको भन्दै भेट्न अस्वीकार गरे। एक अर्ब डलर लगानी भारतका लागि कुनै उपकार नभएको तर्क उनले गरेका थिए। 

त्यसपछि प्रधानमन्त्री मोदीले पनि बेजोससँग भेट्न मानेनन्। बेजोससँगको भेटवार्ताबारे प्रधानमन्त्रीको कार्यालयले कुनै कार्यक्रम तालिका सार्वजनिक गरेको थिएन। भारतीय सञ्चारमाध्यमका अनुसार दुई कारणले मोदीले विश्वकै धनीलाई नभेटेका हुन्। पहिलो कारण हो कम्पिटिसन कमिशन अफ इन्डिया (सीसीआई) अमेजनविरुद्ध छानबिन गरिरहेको छ। दोस्रो कारण हो, बेजोसको पत्रिका वासिङ्टन पोस्टको मोदी सरकारप्रतिको आलोचनात्मक नजर।

वासिङ्टन पोस्टले पाकिस्तानविरुद्ध लेखेन

भाजपामा विदेश मामिला हेरिरहेका चौथाईवालेले एलीको भनाइप्रति कडा प्रतिक्रिया दिँदै पाकिस्तानविरुद्ध कुनै समाचार-विचार नलेखेको दाबी गरेका थिए। 'के यो सत्य होइन? तपाईंका डेस्क सम्पादकले भारतीय कोलमिस्टको कोलमबाट सबै पाकिस्तान विरोधी कुरा त्यो हदसम्म हटाए, बाध्य भएर लेख नै अर्को पत्रिकामा दिनुपर्ने अवस्था आयो।' 

यसमा पनि जवाफ फर्काउँदै एलीले आरोप गलत भएको बताए। 'यो सही होइन। हामीले पाकिस्तानको आलोचना गरिएका कयौँ लेख छापेका छौँ। केही लेखकले आफ्नो लेख सम्पादन भएको राम्रो मान्दैनन्। उनीहरु आफूहरुमाथि चुनौती दिइएको देख्न चहाँदैनन्। यसैकारण यदि उनीहरु हाम्रो कडा नीतिको पालन गर्न सक्दैनन् भने आफ्नो लेख अरु पत्रिकामा छाप्नका लागि उनीहरु स्वतन्त्र छन्।'

चौथाईवाले पनि के कम थिए र! फेरि उनले यसमा पनि जवाफ दिए। एलीलाई ट्या गर्दै उनले फेरि जवाफ फर्काइदिए। 'तपाईंले वासिङ्टन पोस्टमा पाकिस्तानविरुद्ध कयौँ लेख छापिएको दाबी गर्नुभयो। म तपाईंलाई स्मरण गराउँछु, पछिल्ला ६० दिनमा पाकिस्ताविरुद्ध एउटा पनि लेख छापिएको छैन। यदि म गलत छु भने मलाई सच्याइदिनुस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.