जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा मोटरसाइकललाई ठक्कर दिने कारबाट पेस्तोल बरामद भएको छ। पेस्तोलसँगै ६ राउण्ड गोलीसमेत बरामद भएपछि कारमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ बा. १४ च. ७४५९ नम्बरको कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको दिए। प्रहरी घटनास्थलामा पुगेर कार चेकजाँच गर्दा ६ राउण्ड गोली लोडेड अवस्थामा पेस्तोल बरामद भएपछि कारमा सवार दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा गाडीधनीसमेत रहेको क्षीरेश्नवरनाथ नगरपालिका-१ का जितेन्द्र कुमारयादव र सोही नगरपालिका-५ महेन्द्रनगरका कुमोदनारायण झा छन्। दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।
कारले ठक्कर दिपछि मोटरसाइकलमा सामान्य क्षति भएको छ। मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।