अभियोग दाबी नपुगेको जिकिर

|

काठमाडौं : पत्रकार शालिकराम पुडाशैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्। 

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतवार अन्तिम फैसला सुनाउँदै रविलाई सफाइ दिएको हो।

यसअघि पुर्पक्षका क्रममा रावलकै इजलासले रविसँग पाँच लाख धरौटी लिएर तारेखमा राखेको थियो। न्यायाधीश मल्लको इजलासले प्रहरीले सरकारी वकिलमार्फत गरेको दाबी अनुसारको अभियोग प्रमाणित हुन नसक्ने भन्दै रविलाई सफाइ दिएको हो।

पुडासैनीको आत्महत्या प्रकरणमा गत भाद्र ९ गते चितवन जिल्ला अदालतले रविलाई ५ लाख धरौटी लिएर पुर्पक्षमा छाडेको थियो। त्यसपछि उनी उक्त आदेश बदर गरि पाऊँ भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका थिए। 

अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। शालिकरामसँग जोडिएकी भनिएकी अस्मिता भनिने रुकु कार्कीलाई भने अदालतले थुनछेककै क्रममा सादा तारेखमा छाडेको थियो।

पुर्पक्षका क्रममा जिल्ला अदालतले लामिछानेलाई तीनवटा शर्तमा धरौटीमा रिहा गरेको थियो। अदालतले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल र बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने शर्त राखेको थियो। 

लामिछानेसहित तीनैजनाविरुद्ध गत भदौ ८ गते बासुप्रसाद पुडासैनीसहितले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका थिए। पत्रकार पुडासैनीको शव गत साउन २० गते नारायणगढ बसपार्कस्थित होटल कंगारुमा फेला परेको थियो।

यस प्रकरणमा पुडासैनीका पूर्वसहकर्मी लामिछाने र कँडेलमाथि आरोप लागेको थियो। उच्चले पनि पुडासैनीकाे आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.