|

काठमाडौं : छैटौं संस्करणको महिला उद्यमी सम्मेलन काठमाडौंमा हुने भएको छ। नेपाली युवा उद्यमी फोरमको आयोजनामा माग दोस्रो साता काठमाडौंमा सम्मेलन गर्न थालिएको जनाइएको छ। 

३०० भन्दा बढीको सहभागीता हुने काकार्यक्रम कम्तिमा २० प्रतिशत पुरुष सहभागिता हुने जनाइएको छ। यस वर्षको कार्यक्रममा सी इकोनोमी र इन्टरपेनरलइको सिस्टमका विषयमा सत्र चलाइने फोरमकी अध्यक्ष उपसना श्रेष्ठले जानकारी गराइन्। सी इकोनोमीमा महिलालाई लक्षित बजार प्रवर्द्धन गर्ने सोच सहित सी इकोनोमिको धारणा आएको बताइएको छ।

विश्‍व बजारमा २०१७ मात्रै यस्तो शब्दको प्रतिउत्पादन भएको श्रेष्ठले बताइन्। परम्पारगत हिसावले पुरुष लक्षित वस्तुहरूको उत्पादनमा पनि महिलाकोको सहभागिता बढ्दै गएको अवस्थामा नेपाली सी इकोनोमीका विषयमा बहस चलाउन थालिएको हो। 

त्यस्तै, इन्टरपेनरल इको सिस्टममा विज्ञहरु र सरोकारवाला बीच सम्बन्ध विस्तार गरिने जनाइएको छ। यसमा लगानी, व्यवसाय वृद्धि, साझेदारी तथा नेट्टृत्व लगायतका विषयमा छलफल गरिने जनाइएको छ। विभिन्न उत्‍पादकहरुको स्टलहरू पनि राखिने जनाइएको छ। 

आयोजकका अनुसार  यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ। कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ।

त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ। कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीलगायत विभिन्न विज्ञहरू र विद्यार्थीको उपस्थिति रहने छ। कार्यक्रममा विभिन्न विज्ञको सम्बोधन, प्रेरक वक्ताको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाको पनि आयोजना गरिने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.