|

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका ५ का २३ वर्षीय महेश भट्ट रहेका छन्।

शनिबार बेलुकी ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि गाली-गलौज र हातपात गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले मादक पदार्थ सेवन गरी जिल्ला सदरमुकामको बागबजारमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार पक्राउ परेका भट्टमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.