|

रौतहट : भारतको मुम्बइमा जारी एसिया कप कराते च्याम्पियनसिप प्रतियोगितामा रौतहटका खेलाडीले चार पदक हात पारेका छन्।

खेलको महिलातर्फको ४५ किलो तौल समूहमा रौतहटकी बिबिका श्रेष्ठले स्वरण पदक हात पारिन्। श्रेष्ठले कतामा पनि श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारिन्।

यस्तै, पुरुष ५० किलो तौल समुहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडीसँग पराजित हुँदै रजत पदकमा हात पारे। कातामा समेत भाग लिएका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.