|

काठमाडौं : हिउँदे झरीले कपन क्षेत्रको सडक अस्तव्यस्त बनेको छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोवीखोला करिडोर र सुकेधारा चोकबाट निलोपुल हुँदै कपन जाने वैकल्पिक सडक हिँडिसक्नु छैन। विभिन्‍न बहानामा भत्काइएका सडक शुक्रबार-शनिबार परेको  हिउँदे झरीले सडक हिलाम्मे हुँदा सर्वसाधारण सास्ती खेप्‍न बाध्‍य छन्।

कतै ठूलठूला खाल्डामा पानी जमेर पोखरी बनेको छ त कतै हिलाले गर्दा टेकीसक्नु छैन। समयमा सडक बन्न नसक्दा अहिले  हिलाम्मे बनेको हो। तर, सडक निर्माणमा जिम्मा पाएको ठेकेदार र सम्बन्धित निकायले सडकमा ग्राबेलिङसमेत गर्न सकेका छैन। यसबाट सर्वसाधारणको दैनिकी बिथोलिने गरेको छ। 

ठाउँठाउँमा जमेको पानीले सडक पोखरीजस्तो बनेको छ। जोखिम मोल्दै यो सडक भएर दैनिक हजारौं स्थानीयवासी आवतजावत गर्छन्‌, तर सम्बन्धित निकायले वर्षाैंदेखि यो सडक मर्मत र सुधारमा कुनै चासो देखाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.