|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि १५ दिनभित्र उम्मेदवारको टुंगो लाग्‍ने भएको छ। आगामी फागुन १४ गते हुने निर्वाचनका लागि नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले सबै विश्व विद्यालयहरूमा स्‍ववियु उम्मेदवारको टुंगो लाग्‍ने बताए।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति सार्वजनिक गरिसकेको छ। अखिलका सचिव पराजुलीले केन्द्रीय कमिटीको बैठकले पनि निर्वाचनका लागि तीव्र तयारी थाल्ने निर्णय गरेसँगै १५ दिनभित्रमा नेतृत्वकर्ता चुनिने बताए।

‘हाम्रो केन्द्रीय कमिटीको बैठकले पनि निर्वाचनमा लाग्ने निर्णय गरेको छ,’ उनले भने,‘स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयदेखि सबै विश्वविद्यालयलाई चुनावमा लाग्न आग्रह गरेका छौँ। १५ दिनभित्रमा नेतृत्वका लागि उम्मेदवार चयन हुन्छ।’

यही चुनावबाटै विद्यार्थी आन्दोलनको शाख उठाउने उनले बताए। निर्वाचनका लागि सबै विश्वविद्यालयका प्रशासनहरूलाई जानकारी दिएको बताए। उनले भने,‘स्ववियुको चुनाव पनि वैधानिक संस्था हो। नेपालको लामो शैक्षिक र राजनीतिक आन्दोलनको जग बसाएको छ। यसले स्वाच्छ,असल नेता जन्माउँछ।’

पराजुलीका अनुसार गणतन्त्र आएपछि सबै ठाउँका विश्वविद्यालयहरुमा स्ववियुको चुनाव हुन सकेको छैन। अघिल्लो वर्षमा पनि आशिंक रूपमा मात्रै चुनाव भएको थियो। नेविसंघकै कमी कमजोरीले स्ववियु निर्वाचन हुन नसकेको उनले आरोप लगाए। उनले नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसलाई छिटोभन्दा छिटो नेविसंघको नेतृत्व टुंग्याएर स्ववियु विर्वाचनको वातावरण सहज पार्नुपर्ने माग गरे। 

काठमाडौं विश्वविद्यालयमा अन्योल

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियुको निर्वाचन गर्ने तय गरे पनि काठमाडौं विश्वविद्यालयमा भने स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ। कर्मचारीहरूले विभिन्न माग राखेर विद्यालयमा ताला  लगाएको छ। 

आन्दोलनले विद्यालयमा ताला नै  लगाइएकोले ताला खुले मात्र निर्वाचन हुन सक्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक सुमनराज पौड्यालले बताए। उनले भने,‘चुनाव गराउने विषय भए पनि १९ दिनदेखि विद्यालयमा ताला लागेको छ। कर्मचारीको आन्दोलनले समस्या भएको छ।’

उनका अनुसार निर्वाचनका लागि विधान बन्दै थियो । तर, कर्मचारी आन्दोलनले विद्यालय बन्द भएकाले अहिले ती काम पनि रोकिएको छ। उनले अहिले स्ववियुकै प्रणालीमा जाने वा कक्षामा प्रतिनिधित्व छान्ने विषयमा भन्ने विषयमा छलफल भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.