|
फाइल फोटो

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले जित निकाल्दा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। आज भएको दोस्रो खेलमा उपाधि दाबेदारका रुपमा रहेको आर्मीले च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्‍यो।

आर्मीको जितमा भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे। खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। जितसँगै लिगको शीर्ष स्थानमा उक्लँदै आर्मीले ३ अंकको अग्रता बनाएको छ।

आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक बनाएको छ। दोस्रो स्थानको मनाङ र तेस्रो स्थानको मछिन्द्रको समान १३-१३ अंक छ।

च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा छ। यसअघि आजै भएको पहिलो खेलमा संकटा क्लब र ब्रिगेट ब्वाइज क्लबले गोलरहित बराबरी खेले।

निकै प्रतिस्पर्धात्मक खेलमा आफुले पाएको अबसरलाई दुवै टोलीले गोलमा परिणत गर्न असफल रहे। जारी लिगमा ९ अंकका साथ संकटा ८ औँ स्थानमा छ भने ब्रिगेड ब्वाइज ८ अंकका साथ नवौँ स्थानमा छ। आजको खेल सँगै जारी लिगमा सातौ चरणका खेलहरु सकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.