|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा सुनुवाई शुरु भएको छ। यद्यपीः सिनेटमा ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत छ। 

रिपब्लिकन पार्टीका नेता मिच म्याकोनलले महाअभियोग प्रमाणित गर्ने साक्षी या दस्तावेजहरुलाई रोक्ने प्रयास गरिरहेका छन्। तर विपक्षी डेमोक्रेट्सहरुले महाअभियोगमाथि सुनुवाई गर्ने नियममै परिवर्तन गर्न चाहेका छन्। 

युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको तथा तल्लो सदन कांग्रेसमा आचरण परीक्षण गर्न नमानेको आरोप ट्रम्पमाथि लागेको छ। तर उनले यी आरोपहरु अस्वीकार गर्दै आएका छन्।

सिनेटका सदस्यहरुले निष्पक्षतापूर्वक न्यायाधीशले झैं महाअभियोग प्रकृयामाथि काम गर्ने सपथ लिएका छन्। सांसदहरु सातामा ६ दिन र हरेक दिन ६ घण्टा महाअभियोग प्रकृयामा भाग लिनेछन्। ट्रम्पमाथिको सुनुवाई अमेरिकाका प्रधानन्यायाधीशकै अघि शुरु भएको छ। 

अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि नै महाअभियोग लागेको यो तेस्रो पटक हो। ट्रम्पविरुद्ध लागेको महाअभियोगमा कहिलेसम्म सुनुवाई चल्छ भन्ने एकीन छैन। 
तर, रिपब्लिकनहरुको बहुमत रहेको सिनेटमा राष्ट्रपति ट्रम्पलाई दोषी ठह¥याउने सम्भावना भने निकै क्षीण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.