|

लेबनानमा लामो समयदेखि चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै स्वतन्त्र सरकारको घोषणा भएको छ। 

राष्ट्रपति मिचेल अओनले नयाँ सरकारको घोषणा गरेका हुन्।  आर्थिक असन्तुलन, भ्रष्टाचार तथा अनियमितताविरुद्ध केही महिनाअघि सुरु भएको प्रदर्शनमा आन्दोलनकारीले सरकार परिवर्तनको मुद्दा जोडतोडका साथ उठाएका थिए। आन्दोलनकारीको माग सम्बोधन गर्दै राष्ट्रपति मिचेलले हसन दायिबको अध्यक्षतामा नयाँ मन्त्रिमण्डलको घोषणा गरेका हुन्। दायिबको नेतृत्वमा गठित नयाँ मन्त्रिमण्डलमा २० जना मन्त्री नियुक्त गरिएको छ। 

जसमा प्रधानमन्त्रीसहित हरेक मन्त्रीहरु कुनै न कुनै विषयका विज्ञ र पूर्व प्रोफेसरहरु रहेको बताइएको छ। प्रधानमन्त्री नियुक्त भएपछि दायिबले आफू देशमा तीन महिनादेखि जारी आन्दोलनको प्रतिनिधित्व गर्दै सरकारको नृत्व गरेको स्पष्ट पारे। उनले देशमा स्वतन्त्र न्यायपालिका, मानवअधिकार तथा आर्थिक सुशासनमा सबैभन्दा बढी होसियार भएर काम गर्ने बताए। 

भ्रष्टाचार र अनियमिताको आरोप लगाउँदै आफूविरुद्ध प्रदर्शन हुन थालेपछि तत्कालीन प्रधानमन्त्री साद हरिरिले गत अक्टोबरमा राजीनामा दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.