|

काठमाडौं : राजधानीमा जारी पाँचौ आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपअन्तर्गत मंगलबार पुरुषतर्फको खेलमा सेमिफाइनल समीकरण पूरा भएको छ।

बुधबार भएको क्वार्टर फाइनल खेलमा विभागीय टोलीहरू एपिएफ, आर्मी र पुलिसले जित निकाल्दै अन्तिम ४ मा स्थान बनाएको छ। बुधबार भएको दिनको पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो।

आर्मीले मणिमुकुन्दमाथि २५–१९,२५–१८ र २५–१७ को जित निकालेको हो। त्यसैगरी बुद्ध टोललाई सोझो सेटमा हराएको अर्को विभागीय टोली एपिएफले अन्तिम चारमा आर्मीसँगको भेट पक्का गरेको छ। एपिएफले बुद्धटोलमाथि २५–१८, २५–१७ र २५–११ को सहज जित निकालेको हो।

पुरुष क्वार्टरफाइलनअन्तर्गत बुधबार सम्पन्न दिनको अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई पनि सोझो सेटमा नै स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको छ।

२५–११ को पहिलो सेटमा जित निकालेको पुलिसले त्यसपछिका सेटमा २५–१० र २५–१२ को सहजत जित निकालेको थियो। अब पुलिसले फाइलन प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै दिनको चौथो खेलमा हेल्प नेपालले पुलिससँग भेट पक्का गर्दा बुलबुल रारा क्लबलाई २५–१६, २५–२० र २५–१९ले पराजित गर्‍यो।

प्रतियोगितामा बिहीबार दुवै महिला र पुरुष तर्फका सेमिफाइनल खेल हुनेछन्। पुरुषमा पहिलो सेमिफाइनल खेलमा आर्मीले एपिएफको सामना गर्दा अर्को सेमिफाइनल खेलमा पुलिसले हेल्प नेपालको सामना गर्नेछ। महिलातर्फ भने पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिस तथा दोस्रो सेमिफाइनल खेल होङ्गान्जी न्यु डायमन्ड स्पोर्टस क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.