प्रेसर कुकर बम डिस्पोज

|

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका-३ सुनाम्लाबाट विष्फोटक पदार्थसहित प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले सभापोखरी-३ बाट मादी नगरपालिका-५मादिमुलखर्कका जिपी भनिने सोमबहादुर तामाङलाई पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

गोप्य सूचनाका आधारमा प्रहरीले सभापोखरी-३ सुनाम्ला बाट विप्लव कार्यकता तामाङलाई माघ ६ गते पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। प्रहरीले स्थानीय देउमान राईको गोठमा लुकाइ राखेको  प्रेसर कुकर बम, सकेट बम, सुतली बम र डेटोनेटरसहित विप्लव कार्यकता तामाङलाई पक्राउ गरेको हो।

प्रेसर कुकर बम डिस्पोज

सभापोखरी-३ मा फेला परेका विस्फोटक पदार्थ सेनाले डिस्पोज गरेको छ। सदरमुकाम खाँदबारीको बराह दल गुल्मबाट खटिएको सेनाको टोलीले देउमान राईको गोठमा राखिएको कुकर बम, सकेट बम र सुतली बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा छ।

विप्लव कार्यकता तामाङका साथबाट निलो खैरो रङको पछाडि भिर्ने झोला भित्र बट्टामा बनाएको बम, ज्याकेटको गोजिमा राखिएको सकेट बम एक थान, सिम कार्डसहितको मोबाइल फोन र बन्दोवस्तीका सामान फेला परेको प्रहरीको भनाइ छ। पक्राउ विप्लव कार्यकता तामाङलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखेर थप अनुसन्धान भइरहेको संखुवासभा प्रहरीले जनाएको छ।

घटनास्थल सभापोखरी गाउँपालिका-३ सुनाम्ला अहिले ठूलो संख्या प्रहरी परिचालन गरिएको छ। घटना स्थल आसपास सशस्त्र र नेपाल प्रहरीले सर्च अभियान चलाइरहेको बुझिएको छ। घटनास्थल उच्च हिमाली क्षेत्र भएका कारण भौगोलिक हिसाबले विकट छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.