|

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३ जना चालक कारबाहीमा परेका छन्।

सडक र फुटपाथमा पार्किङ गर्ने २६५, लेन अनुशासन उल्लंघन गर्ने १६६, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

यही अवधिमा काठमाडौं उपत्यकामा भएका ३६ वटा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १६ जना सामान्य घाईते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.