खेलकुद

ए डिभिनल लिग : थ्रीस्टार र हिमालन शेर्पा भिड्दै

माघ ९, २०७६

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।

    दुबै खेल दशरथ रंगशालामा हुनेछन्। पहिलो खेलमा दिउँसो १२ बजे हिमालयन शेर्पा र थी्रस्टार क्लब भिड्दा दोस्रो खेलमा दिउँसो ३ बजे जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्नेछ।

    लिग तालिकामा थ्रिस्टार ११ अंकसहित पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा क्लब ७ अंकसहित ११ औं स्थानमा रहेको छ। ९ अंक जोडेको जावलाखेल तालिकाको आठौं स्थानमा छ भने १३ औं स्थानमा रहेको एपीएफको ५ अंक छ।

    हिजोको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र क्लबले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ। दुबै टोलीको समान १६ अंक भएपनि एक खेल कम खेलेको आर्मी गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]