समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

माघ ९, २०७६

    हेटौंडा : मकवानपुरको धियालमा बिहीबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।  

    मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]