|

काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्कको केन्द्र हो। वि.सं. २००६ देखि हवाई सेवा सेवा गरिएको यो विमानस्थलमा हाल छुट्टाछुट्टै आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल छ।

पूर्वाधार र सेवा व्यवस्थापनमा भद्रगोल देखिएको विमानस्थल सुधार्न सरकारले केही समयदेखि निरन्तर कोशिस गरिरहेको छ। हवाई मार्गबाट भ्रमण बर्ष २०२० मनाउन शूरू गरेको नेपाल आइपुग्‍न विदेशीले यही विमानस्थल प्रयोग गर्नुपर्छ भने यही विमानस्थल भएर दिनहुँ सैयौंको संख्यामा वैदेशिक रोजगारीमा जाने र फर्कने गर्छन्‌।

विमानस्ठलमा अन्य पूर्वाधारजस्तै पार्किङ क्षेत्रमा यात्रुले सास्ती खेप्दै आएका थिए। जताततै अव्यस्थित रुपमा राखिएका ट्याक्सी र सवारीसाधनका कारण विमानस्थलको शाखमै धब्बा लागेपछि अहिले सरकारले विमानस्थल अगाडीको पार्किङ क्षेत्र सारेको छ। पार्किङ क्षेत्र सारिएपछि आवागमन सहज हुनुका साथै भीआइपी पार्किङसमेत व्यवस्थित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.