|

जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा भइरहेको निर्वाचनमा दुई जनप्रतिनिधिले पार्टीको निर्णयविपरीत मतदान गरेका छन्।

पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियार र कालिकामाई गाउँपालिकाका प्रमुख नथुनीप्रसाद पार्टीको निर्णयविपरीत राष्ट्रियसभा निर्वाचनमा मतदान गरेका हुन्। उनीहरू दुवै नेपाली जनता दलबाट निर्वाचित जनप्रतिनिधि छन्। पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण शाहले राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरी मतदान नगर्न पत्राचार गरेका थिए।

पार्टीको निर्णयविपरीत बिहीबार मत खसाउन मतदानस्थल जनकपुरस्थित महेन्द्र निधि स्मृति प्रतिष्ठान पुगेका जनप्रतिनिधि दीपनारायण र नथुनीलाई केन्द्रीय अध्यक्ष शाह रोक्ने प्रयाससमेत गरेका थिए। यद्यपि, उनीहरू मतदान केन्द्रमा प्रवेश गरे र मतदानसमेत गरेका छन्।

पार्टीका केन्द्रिय अध्यक्ष शाहले पार्टीको निर्णय नमानेकाले पार्टीबाट निस्कासित गर्ने र जनप्रतिनिधिबाट समेत हटाउने बताएका छन्। उनले आफ्नो पार्टीबाट निर्वाचित दुवै जनाले पैसाको लोभमा नेकपा-राजपा गठबन्धनमा मतदान गरेको समेत आरोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.