|

काठमाडौं : काठमाडौं उपत्यकामा विद्युतीय बस चलाउन दिइएको ३ अर्ब रुपैयाँ सरकारले फिर्ता लिएको छ। गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा विद्युतीय बस चलाउन दिएको उक्त रकम अहिलेसम्मको ब्याजसहित फिर्ता लिने निर्णय भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

‘साझा यातायातलाई ३०० सयवटा नयाँ विद्युतीय बस चलाउन २०७६ असारको मन्त्रिपरिषद्को निर्णयानुसार दिइएको ३ अर्ब रुपैयाँ अहिलेसम्मको व्याजसहित फिर्ता लिने निर्णय भएको छ’, उनले भने, ‘उक्त संस्थाले ती बसहरु सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको हो।’

बास्कोटाका अनुसार विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा अब भौति पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ।

‘वातावराण मैत्री नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तीन अर्ब रुपैयाँ दिने निर्णय भएको छ’, बास्कोटाले भने, ‘अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै बस खरिद र सञ्चालन प्रक्रिया अघि बढाउने छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.