राजनीति

राष्ट्रियसभाको लागि प्रदेश ५ मा ३०५ मत खस्यो

माघ ९, २०७६

    दाङ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ मा भएको मतदानमा ३०३ मत खसेको छ।  

    कुल ३ सय ५ जना मतदातामध्ये ३ सय ३ मतदाताले मतदान गरेका छन्। प्रदेश  ५ का ८७ प्रदेशसभा सदस्यमध्ये ८६ जनाले मतदान गरेका छन्। जसमा महिला ३३ र पुरुष ५३ जनाले मतदान गरेका छन। प्रदेश ५ का नेपाली कांग्रेस संसदिय नेता बलदेव शर्मा पोखरेलको निधन भएको थियो। उनीबाहेक सबै प्रदेश सांसदको मत खसेको छ।

    त्यस्तै प्रदेश ५ भित्रका १२ जिल्लाका १ सय ९ स्थानीय तह प्रमुख र उपप्रमुख गरि २ सय १८ मध्ये २ सय १७ मत खसेको छ। जसमा महिला १ सय र पुरुष १ सय १७ जनाले मतदान गरेका छन। बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तवले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

    बिहान १० बजेदेखि शुरु भएको मतदान बेलुका ४ बजे सकिएको थियो। प्रदेश ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्यका लागि दाङको घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो। प्रदेशसभा सदस्य र स्थानी तहका प्रमुख उपप्रमुखलाई छुट्टाछुट्टै २ मतदान केन्द्र तोकिएको थियो। मतदानका लागि ३ वटा मतपत्रको व्यवस्था गरिएको थियो।

    प्रदेश ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३, नेपाली कांग्रेसका ३, संघीय समाजबादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका तर्फबाट १ जना राष्ट्रियसभा सदस्य पदका लागि प्रतिस्र्धामा रहेका छन्। महिला, अल्पसंख्यक अपांग र अन्य क्षेत्रबाट गरी प्रदेश ५ बाट ३ जना सदस्य निर्वाचित हुने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]