शिक्षा विकास इकाईलाई छलेर आफुखुसी निर्णय

|

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा गत महिना भएको शिक्षक नियुक्तिका क्रममा बदमासी भएको तथ्य खुलेको छ। 

शिक्षक नियुक्तिका क्रममा रकम लेनदेन भएको पनि खुलेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका निर्वाचित वडा सदस्य भक्तबहादुर शाहीले परीक्षा सुरु हुनुपहिले प्रश्‍नपत्र आउट गरेको तथ्य बाहिरिएको हो। 

डुङ्गेश्वर गाउँपालिका-५ मा स्थित पिपल चौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षक नियुक्तिमा आफन्त राख्‍ने नाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा सदस्यले परीक्षा पहिले प्रश्‍नपत्र आउट गरेको पुष्टि भएको हो। 

पुस २६ गते परीक्षा सञ्चालन हुने तयारी भएकै अघिल्लो दिन पुस २५ गते प्रश्‍नपत्र निर्माण गरिएको थियो। तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ५ का वडा सदस्य भक्तबहादुर शाहीले फेसबुक म्यासेन्जरमार्फत घनश्याम भण्डारी लगायत अन्य पाँच परीक्षार्थी प्रश्‍न र टिक मार्कको उत्तरसमेत पठाएको खुलेको छ।

विद्यालयका पधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले नियुक्ति गरेका विज्ञहरू तथा विद्यालय निरीक्षक लगायत बसेर प्रश्‍नपत्र तयार गरिएको थियो। ती प्रश्‍नपत्रको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले फोटो खिचेर परीक्षर्थाीहरुलाई पठाएको खुलेको हो। 

स्थानीयले यसबारेमा अख्तियारमा उजुरी गरेका थिए। त्यही आधारमा अख्तियारले छापा मारेर तीनजनालाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको अनुसन्धानमा छनोट भएका शिक्षक घनश्याम भण्डारी, वैकल्पिक उम्मेदवार दलबहादुर बिकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको खुलेको हो। 

अध्यक्ष भक्तबहादुर शाही नियुक्त भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उमेदवार दलबहादुर बिकलाई हिरासतमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

स्थानीय श्याम रानाका अनुसार विगतदेखि नै जनप्रतिनिधिहरूले आफ्ना मान्छे राख्न कर्मचारीहरूलाई दबाब दिने गरेका थिए। परीक्षार्थीबाट मोटो रकम असुलेर आफन्तलाई पास गराउने बढेको गुनासो आएको थियो। गाउँपालिकामा गुनासो गर्दा पनि स्थानीय सरकारले सुनुवाइ नगरेपछि अख्तियारलाई गुहारिएको हो। 

अध्यक्षको मनोमानी

डुंगेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र खड्काले परीक्षामा आमन्त्रित सदस्यको रूपमा उपस्थित हुन विद्यालयबाट जानकारी आएपछि आफू गएको बताए। उक्त घटनामा आफ्नो संगलनता नरहेको  बताउँदै उनले व्यवस्थापन समितिका अध्यक्षले प्रश्नपत्र आउट गरेको पछि मात्रै थाहा पाएको बताए।

यता गाउँपालिकाका निमित्त शिक्षा शाखा प्रमुख विष्णु शर्माले पालिकाको तर्फबाट परीक्षा लिने स्थानमा गए पनि अन्य विषयमा जानकारी नभएको बताएका छन्। 

अन्तैका बिनि बोलाएर परीक्षा

परीाक्षा सञ्चालन गरिने स्थानीय तहका विद्यालयमा बिनि नभएको अवस्थामा शिक्षा विकास तथा समन्वय ईकाईबाट तोकिने नियम छ।

तर डुङ्गेश्वर गाउँपालिकाले गुराँस गाउँपालिकाका बिनिलाई परीक्षामा सचालन गराउन बोलाएको पाइएको छ। गुराँस गाउँपालिकाका विद्यालय निरीक्षक भूपेन्द्र भण्डारीले पालिकाले पत्र पठाएको आधारमा डुङ्गेश्वर पालिकामा गएर परीक्षा सञ्चालन गरेको बताए।

‘कसको के सेटिङ थियो मलाई थाहा छैन’, उनले भने, ‘परीक्षा सञ्चालन गरिदिन पालिकाको पत्रका आधारमा म गएको हुँ। अरू कुनै विषयमा मेरो संलग्नता छैन।’

अर्को पालिकाको विद्यालय निरीक्षक जाँदा शिक्षा तथा समन्वय इकाईबाट स्वीकृति लिनुपर्छ। तर यो प्रावधान पनि मिचेको देखिएको छ। 

नियम मिचेर पालिकामै परीक्षा

दैलेखका ११ स्थानीय तहमध्ये ९ पालिकाभित्रका विद्यालयको शिक्षक नियुक्तिका लागि शिक्षा तथा समन्वय इकाईको प्रत्यक्ष संलग्नतामा (प्रश्नपत्र बैकं ) मार्फत चिट्ठाका आधारमा प्रश्न निकाल्ने विज्ञहरूको समूह निर्माण गरिनुपर्थ्यो। तर डुंगेश्वर गाउँपालिका लगायत केही स्थानिय तहले स्वयम् परीक्षा चलाएको शिक्षा विकास तथा समन्वय ईकाई दैलेखले जनाएको छ। 

वर्तमान शिक्षा ऐन अन्तरगत शिक्षक नियुक्तिको परीक्षा सञ्चालन गर्दा शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वर्य गर्नुपर्ने हुन्छ। तर डुङ्गेश्वर गाउँपालिका र गुरास गाउँपालिकाले शिक्षक नियुक्तिमा समन्व नगर्ने गरेको जिल्ला शिक्षा समन्वय ईकाई दैलेखका प्राबिधिक साहेक प्रेम बहादुर खत्रीले बताए। 

पालिकाका बिनिले परीक्षा लिनु पर्ने हुन्छ। यदि उनी नभएको अवस्थामा इकाईले तोकेको बिनिबाट परीक्षा सञ्चाचलन गरिनुपर्ने व्यवस्था छ। तर यी दुवै पालिकाले इकाईसँग कुनै समन्वय गरेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.